काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले कास्कीको पोखरामा आज भएको विमान दुर्घटनामा परी ज्यान गुमाएका यात्रुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।
माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले एक विज्ञप्तिमार्फत् दुर्घटनाका घाइतेको तत्काल उद्घार गरी उपचारको व्यवस्था गर्न सरकारसँग माग गरका छन्।
काठमाडौँबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर ७२ विमान पोखरामा आज दुर्घटनामा परेको हो । उपाध्यक्ष महराले मृतकका परिवार तथा घाइतेलाई उचित राहत उपलब्ध गराउन सरकारसमक्ष अनुरोध गर्नुभएको छ । यस्तै पछिल्लो समय बढिरहेको हवाई तथा सवारी दुर्घटना रोक्नका लागि उचित पहल गर्न सम्बन्धित पक्षले ध्यान दिन जरूरी रहेको विज्ञप्तिमा उल्लेख छ ।
तपाईको प्रतिक्रिया