गोमा विष्ट
धनगढी, ०७ चैत्र
आसन्न चैत्र ८ गते कैलाली बहुमुखी क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सफल बनाउन नेकपा(एकीकृत समाजवादी) र नेकपा एमाले कैलालीका पदाधिकारी विच छलफल भएको छ ।
कैलाली बहुमुखी क्याम्पसमा दुवै पार्टी निकट अनेरा स्ववियू र अनेरास्ववियुको तालमेल गरेर निर्वाचनमा भाग लिने सहमति पछि जिल्ला तहका नेताहरुको छलफल हो ।
नेकपा(एकीकृत समाजवादी) का कैलाली उपाध्यक्ष विमल कुमार जोशी, नेकपा(एमाले) कैलालीका सचिव डेजी पाण्डे र नेकपा(एकीकृत समाजवादी) कैलालीका उप–सचिव दीर्घ जोशी विचको छलफलमा कैलाली बहुमुखी क्याम्पसको निर्वाचनमा दुई संगठन एकता बद्ध भएर जाने निर्णय भएको नेकपा(एकीकृत समाजवादी) कैलालीका उपसचिव दीर्घ जोशीले जानकारी दिए ।
छलफलमा सहभागी सबै नेताहरु अनेरास्ववियु राजनैतिक पृष्ठभुमि बाट पार्टी राजनीतिमा सक्रिय छन् । एमाले सचिव पाण्डे सोही क्याम्पसका पुर्व सभापति समेत हुन भने नेकपा(एस)का उपाध्यक्ष जोशी अनेरास्वीयु कैलाली क्याम्पसमा लामो समय राजनीति गर्दै पार्टी राजनीतिमा सक्रिय नेता हुन । नेताहरुको बैठक र निर्णयलाई अर्थपुर्ण रुपमा हेरीएको छ ।
कैलाली बहुमुखी क्याम्पस सुदूरपश्चिमको ऐतिहासीक तथा महत्व बोकेको क्याम्पस मानिन्छ । सो क्याम्पसमा अनेरास्ववियुले लामो समय देखी कब्जा जमाउँदै आएको छ ।
त्रिभुवन विश्व विद्यालय अन्र्तगत चैत्र ५ गते भएको निर्वाचनमा कैलालीका लम्की बहुमुखी, खप्तड बहुमुखी, ऐश्र्वय बहुमुखी, बुलबुले बहुमुखी पहलमानपुर लगाएतका क्याम्पसहरुमा दुई वटै संगठनको तालमेलका कारण अनेरास्ववीयुले सफलता प्राप्त गरीसकेको छ ।
महुन्याल बहुमुखी भजनी, रघुनाथ बहुमुखी जोशीपुर, घोडाघोडी बहुमुखी सुख्खड,राष्ट्रीय कलेज सुख्खड लगाएतका क्याम्पसहरुमा एकीकृत समाजवादी पार्टी निकट अनेरास्ववियूकै संग तालमेल नहुँदा एमाले निकट अनेरास्ववियुले हार व्यर्होनु परेको थियो ।
कैलालीमा तालमेल गर्न अनेरास्ववियु पृष्ठभुमिबाट पार्टी राजनीतिमा आएका कैलालीका दुवै पार्टीका नेताहरुले सक्रिय भुमिका खेलेका थिए ।
तपाईको प्रतिक्रिया