काठमाडौं । पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ९३ जनाको स्वाब सङ्कलन गरी परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमले हालसम्म ३ लाख ८२ हजार ४ सय ९० जनाको स्वाब परीक्षण गरिएको बताउनुभयो ।
पछिल्लाे विवरण अनुसार आज थप ३१५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । याेसँगै नेपालमा कुल संक्रमितकाे संख्या २०,०८६ पुगेकाे छ ।
यस्तै पछिल्लो चौबीस घण्टामा ९३ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । यससँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या १४ हजार ४९२ पुगेको छ । कोरोनामुक्त हुने दर करिब ७२ प्रतिशत पुगेको हो ।
हाल ११ हजार ५३३ जना क्वारेन्टिनमा छन् ।
हालसम्म ५६ जनाको मृत्यु भइसकेको छ ।
तपाईको प्रतिक्रिया