-सहबान अन्सारी
नवलपरासी । नवलपरासीमा करिब ३ लाख ४९ हजार १ सय मूल्य बराबरको अबैध मालसामान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
शुक्रबार राति प्रतापपुर गाउँपालिका वडा नं. ५ धर्मौलीमा नेपालबाट भारततर्फ अबैधरुपमा लग्दै गरेको ४२ हजार ५ सय मुल्य बराबरको ५ क्युन्टल मटर (केराउ) सशस्त्र प्रहरी नेपाल बाेर्डर आउट पाेष्ट गुठी परसौनीले नियन्त्रणमा लिएको हो ।
यसैगरी सोही गाउँपालिका वडा नं. ५ भैरवपुरमा भारतबाट नेपालतर्फ भन्सार छली अबैध रूपमा ल्याउदै गरेको ३ लाख ६ हजार ६ सय मुल्य बराबरको १९ थान मोबाइल अस्थाई सशस्त्र प्रहरी पोष्ट भैरवपुरले नियन्त्रणमा लिएको छ ।
उक्त मालसामानहरु साइकलमा राखेर लैजादै गर्दा सशस्त्र प्रहरीको गस्ती टोलीलाई देखेपछि सामान उनीहरु फालेर भागेका थिए ।
नियन्त्रणमा लिएको मटर र मोबाइल आवश्यक कारवाहीको लागी भन्सार कार्यालय महेशपुर पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया