कोहलपुर, साउन १६,
मंगलबार कोशी, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
अन्य क्षेत्रमा भने हल्कादेखि मध्यम वर्षाको अनुमान रहेको मौसमविद्ले बताए । अहिले मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदरभन्दा उत्तरतर्फ र पूर्वतिर सरदर स्थानबाट माथि सर्ने क्रममा रहेको छ । मनसुनको रेखा सरदर स्थानभन्दा माथि सरे पानी धेरै पर्ने बताईएको छ । केही दिनयता लगातार जसो पानी परिरहेकाले बाढी पहिरोको जोखिम बढेको छ । पानी परेका क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।
गएराति काठमाण्डौ उपत्यकासहित बाग्मती, कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी परेको थियो ।
तपाईको प्रतिक्रिया