कोहलपुर, साउन १९,
त्रिभुवन नमुना माध्यामिक बिद्यालय कोहलपुरमा पुनः तालाबन्दी भएको छ ।
कोहलपुर नगरपालिका वडा नं. १० मा रहेको त्रिभुवन नमुना माध्यामिक बिद्यालयले स्यानेटरी प्याड खरिदमा अनियमितता गरेको भन्दै नेकपा बहुमत सर्मथित बिद्यार्थी संगठनले लगाएको ताला नखुल्दै विद्यालय प्रशासनमा अर्को ताला लागेको हो । शुक्रबार बिहान बागेश्वरी बहुमुखी क्याम्पस अन्तर्गतको स्वतन्त्र बिद्यार्थी युनियन (स्ववियु) ले विद्यालय प्रशासनमा तालाबन्दी गरेको हो ।
स्यानेटरी प्याडमा भएको अनियमितता पर्दाफास गर्नुपर्ने, नेपाली र अंग्रेजी माध्यममा लिने शुल्कमा समानता हुनुपर्ने, पाठयपुस्तक पाउने अधिकार सुनिश्चित हुनुपर्ने लगाएतका मागसहित आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले पुरानो ताला नखुल्दै प्रशासनमा दोस्रो ताला लगाएका हुन ।
तपाईको प्रतिक्रिया