दीपक रावल,
काेहलपुर, साउन ३०,
बाँकेकाे काेहलपुर नगरपालिका ११ न्युराेडमा रहेकाे पसलमा चाेरी भएकाे छ ।
साेमबार राति करिब २ बजेतिर अमर बहादुर शाीकाे “शाही स्टाेर”मा चाेरी भएकाे हाे । चाेरहरुले सटरकाे ताला फाेडेर सामान चाेरेका हुन् ।
उनीहरुले करिब ४० हजार नगदसहित चिसाेका पेय पदार्थ, रेडबुल, फ्रुटी लगायतका सामाग्री चाेरेकाे ईलाका प्रहरी कार्यालय काेहलपुरले जनाएकाे छ ।
प्रहरीका अनुसार चाेरहरुकाे खाेजी भैरहेकाे छ ।
तपाईको प्रतिक्रिया