दीपक रावल,
कोहलपुर, भदौ १,
पढ्नका लागि मन, ईच्छ्या, रुची चाहिन्छ । चाहे उमेर जतिसुकै किन नहोस् पढ्नका लागि उमेरले छेक्दैन । कोहलपुर नगरपालिका वडा नम्बर ५ एनसिसिएन की प्रेमदेवी गिरी ६१ व्र्षकी भईन् । तर उनी हाल ज्ञाज्योति माद्यामिक विद्यालय बयिया कोहलपुरमा कक्षा ५ मा पढिरहेकी छिन् । सुर्खेत माईत रहेकी प्रेमदेवीको सानैदेखि धेरै पढेर ठुलो मान्छे बन्ने सपना थियो ।
घरको पारिवारिक बाध्यताका कारण उनले आफ्नो सपना पुरा गर्न पाईनन् । उनले ५ कक्षा पास गरेर पढाई छोड्नु पर्याे । बिहे गरेपछि घरमा पढ्ने सहज वातावरण भएन प्रेमदेवीलाई । बिहेपछि घरधन्दा चुल्होचौको मै सिमित भयो उनको जीवन । उनका ५वटा छोरी १ छोरा छन् । सबैको बिहेवारी भैसक्यो अब श्रीमान र उनी मात्रै एक अर्काका साथी हुन् ।
उनका श्रीमान पेसाले ड्राईभर हुन् । उनी पनि बुढो भैसके र सबै काम छोडेर घरै बस्दै आएका छन् । तर उनीभने किताब कापी कलमको झोला बोकेर स्कुल तिर जान्छिन् । बिहान सबेर उठेर खाना नास्ता बनाई घरको सबै काम भ्याएर उनी कोहलपुरको साझामा रहेको ज्ञानज्योति माद्यामिक विद्यालयमा पढ्न जान्छिन् । दिनभर शिक्षक तथा आफूसँगै पढेने बालबालिकासँग रमाउँदैं पढ्छिन् । उनलाई आफू उमेरका महिलाहरुहरु हाँसो बनाएको बताउछिन् । उनी भन्छिन्,–‘सुरुमा भर्ना हुँदाखेरी यो उमेरमा पनि के पढ्न मन लागेको होला । यो त आराम गर्नुपर्ने उमेर हो भन्थे । तर मैले कसैको कुरा सुनिन ।’
सार्वजनिक सवारी चढेर उनी विद्यालयसम्म पुग्छिन् । सँगै यात्रा गरिरहेकाहरु उनले पहिरेको विद्यालय पोषाक, भिरेको झोला देखेर अचम्म मान्दै उनलाई हेर्छन् । तर उनी यी सबै कुरालाई सामान्य मान्छै आएकी छिन् । कसैले त सोधिपनि हाल्छन्,–‘उनी भन्छिन्, कसैले त सोधि नै हाले पनि म सजिलै हजुर भनिदिन्छु ।’ पढ्ने ईच्या भएका अन्य महिलाहरुलाई पनि विद्यालय भर्ना हुन उनी सुझाव दिन्छिन् । उनका परिवारको पनि उनलाई राम्रो साथ मिलेको छ ।
तपाईको प्रतिक्रिया