दीपक रावल,
कोहलपुर, भदौ ३,
आईतबार रातिदेखिको अविरल वर्षाका कारण कोहलपुर नगरभित्र अधिकांश क्षेत्र डुबानमा परेका छन् ।
कोहलपुर नगरपालिकाको न्युरोड, गोलपार्क, वडा नम्बर १० का विभिन्न स्थान तथा यहाँका अधिकांश क्षेत्र डुबानमा रेका हुन् । डुबानका कारण यहाँका धेरै स्थानहरु जलमग्न भएका छन् । न्युरोड क्षेत्रको डुबानको समस्या समाधानका लागि नगर प्रहरी पानी खोल्ने प्रयासमा लागेको थियो । तर निरन्तर झरिका कारण समस्या उत्पन्न भैरहेको छ । लगातारको वर्षाका कारण बाँकेसहित कोहलपुरका अधिकांश स्थानमा बाढीको खतरा देखिएको छ ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित छ । नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासमा रहेको न्यून चापिय क्षेत्रको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरले जनाएको छ । कोशी, बागमती, लुम्बिनी, र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहितभारी वर्षाको समेत सम्भावना रहेको छ ।
सोमबार राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानहरुमा भारी देखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ ।
त्स्बिर बिकल भट्टराई
तपाईको प्रतिक्रिया