कोहलपुर, भदौ १२,
नेत्र विक्रम चन्द ९विप्लव० नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जाजरकोटको सेक्रेटरीको जिम्मेवारी धनजित सी लाई दिईएको छ ।
बाँकेको नेपालगञ्जमा बसेको पार्टीको दक्षिण कर्णाली ब्यूरोको पाँचौं पूर्ण बैठकले धनजितलाई सेक्रेटरीको जिम्मेवारी दिने निर्णय गरेको हो । यसभन्दा अघि जाजरकोटको सेक्रेटरी विराजन सी थिए । उनलाई डि।वान। इन्चार्जको जिम्मेवारी दिईएको छ । विगत लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय विराजन र धनजित यूवा पुस्ताका लोकप्रिय नेताका रुपमा परिचित छन् । भ्रष्टाचार, कालोबजारी,गरिवी, विकृति र विसंगतिका विरुद्धमा उभिएर समुन्नत समाजको निर्माणमा जुटिरहेका यूवाका परिचय बनाएका छन् ।
बैठकमा पार्टीका केन्द्रिय सदस्य तथा दक्षिण ब्युरो इन्चार्ज संगम सीको अध्यक्षता, पार्टी पोलिट ब्युरो सदस्य आधार सी को प्रमुख आतिथ्यता र केन्द्रिय सदस्य कमल सीको बिशेष अतिथ्यतामा बैठक बसेको थियो ।
तपाईको प्रतिक्रिया