कोहलपुर, भदौ २४,
नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा नाक, कान, घाँटीसम्बन्धी विभिन्न उपचार हुँदै आएको छ ।
आफ्नो स्थापना कालदेखि नै यस अस्पतालले आमनागरिकमा हुने आँखा, नाक, कान, घाँटीको समस्या रोकथाम तथा सरसफाइसम्बन्धी जागरुकता सिर्जना गरी रोग, जटिलता र धनजनको क्षति न्यूनीकरण गर्दै नाक, कान, घाँटी सफल उपचार गर्दै आएको छ । विभिन्न किसिमका अत्याधुनिक मेसिन तथा प्रविधि मार्फत अस्पतालले उपचार गर्दै आएको हो । नाक, कान, घाँटीका विभिन्न विशेषज्ञहरु मार्फत उपचार हुँदै आएको छ ।
यस अस्पतालले कर्णाली, लुम्बिनी तथा सुदूरपश्चिमका अधिकांश बिरामीहरुको सफल उपचार गरिसकेको छ । नाक, कान तथा घाँटी रोग विभाग प्रमुख ढुण्डीराज पौडेलका अनुसार मौसम परिवर्तन, दिन प्रति दिन बढी रहेको प्रदूषणले बेला बेला नाक कान घाटी सम्बन्धी समस्या देखिने गरेका छन् । नाक कान घाँटीको समस्या देखा पर्न थालेको छ । यस्ता समस्यालाई मध्यनजर गर्दै यस अस्पतालमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञहरुले सफल उपचार गर्दै आएका हुन् ।
तपाईको प्रतिक्रिया