कोहलपुर, भदौ २७,
नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा विशेषज्ञसहित ईसिजि र भिडियो एक्सरे सेवा सहज रुपमा प्रवाह हुँदै आएको छ ।
कोहलपुरको दशविगाहमा अवस्थित सबैभन्दा धेरै सुविधासम्पन्न यस अस्पतालमा आउने बिरामीहरुलाई सहज तथा सुलभ ईसिजि र भिडियो एक्सरे सेवा दिईदैं आएको छ । सेवा सुचारु भएदेखि हालसम्म कर्णाली, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशमा अधिकांश क्षेत्रका सेवाग्राहीहरुलाई ईसिजि र भिडियो एक्सरे सेवाका लागि अन्त जानु पर्ने बाध्यता हटेको छ ।
यस अस्पतालमा २४सै घण्टा डाक्टरको ओपिडि सेवा, इमर्जेन्सी सेवा ईसिजि, अल्ट्रासाउन्ड ल्याव, आँखा परिक्षण र फार्मेसी सेवाहरु सुलभ रुपमा प्रवाह हुँदै आएको अस्पातलले जनाएको छ ।
तपाईको प्रतिक्रिया