कोहलपुर, भदौ २९,
अस्पतालमा सबैभन्दा महत्वपूर्ण भुमिकामा रहकेका हुन्छन् नर्सहरु । जब कोही बिरामी अस्पताल पुग्छ तब उसको सबैभन्दा नजिकको साहारा नर्स हुन्छन् । नेपालगंज मेडिकल कलेजका नर्सहरु पनि बिरामीहरुको साहरा बन्दै आएका छन् । निलो पोषाक, सेतो सेतो कोट तथा घाँटीमा झुण्ड्याईएको स्टेथिस्कोप लगाएर मुसुक्क हाँस्दै सेवामा तल्लिन रहने नर्सहरुको सेवा पाएपछि बिरामीले आधा रोग निको भएको महसुस गर्छन् । यस अस्पतालका बिरामीहरु पनि २४ घण्टा मुस्काउँदै घण्टा बिरामीको सेवामा समर्पित छन् ।
बिरामी घर नफर्कुन्जेल यस अस्पतालका नर्सहरुले बिरामीको निकै ख्याल राख्दै आएका छन् । बिरामीलाई दिनुपर्ने औषधी कुन समय कस्तो औषधि दिने सबैलाई ध्यानमा राखेर बिरामीको उपचारमा खटिरहन्छन् । यहाँका नर्सहरु विश्वासिलो र मायालु व्यवहार अपनाउँदै बिरामीका लागि अभिभावक जस्तै बनिदिन्छन् । यहाँ उपचार गर्न आउने हरेक बिरामीहरुको घाउमा मलमपट्टी लगाएर सेवा गर्दै आएको यस अस्पतालमा कार्यरत नर्स अञ्जु नीलसागर बताउछिन् ।
स्वास्थ्य सेवाका अभिन्न अंग रहेका यस अस्पतालका नर्सहरु आफू सुरक्षित रही सेवा प्रदान गर्न गर्दै आईरहेको बताउँछन् । दिनरात नभनी अहोरात्र खटिरहेका हुन्छन् यहाँका नर्सहरु । सानैदेखि सेवामूलक कार्य गर्ने व्यक्तिहरु मनपर्ने बताउँदै यस अस्पतालमा कार्यरत नर्स नीलसागरले सेवामूलक काम गर्न नर्सिङ पढाइ रोजेको बताईन् । यहाँका नर्सहरु आफ्नो पेसाप्रति इमान्दार भएर बिरामीको सेवामा लाग्दै आएका छन् । यहाँका हजारौं बिरामीहरुको पीडा नर्सहरुको मुस्कानले विर्साउँछ । नर्सिङ पेसामा आफुलाई समर्पित गरेका नर्सहरु बिरामीको मुस्कानले आफ्नो पीडा विर्साउने गरेको अञ्जु नीलसागर बताउँछिन् ।
अहिले वर्तमान समयमा यो पेशाको महत्व र दायित्व अझ बढेर गएको छ । कोरोना भाइरस महामारीसंगै यहाँका नर्सहरुले आफुले सक्दो रुपमा सेवा प्रवाह गरे । उनीहरु रातदिन कोरोना बिरामीको सेवामा खटिएका थिए । नर्स, चिकित्सक, प्राविधिकहरुको महत्व कतिको छ भन्ने कुरा अहिले धेरैलाई थाहा भएको छ । सुरूवातको समयमा भन्दा अहिले धेरै नर्सहरू रहेकाछन् भने विकास क्रम पनि भइरहेको छ । आधुनिक प्रविधिले फड्को मारेसँगै नर्स पेशा अपनाउन यो विषयमा अध्ययन गर्ने क्रम बढेको छ । नेपाल नर्सिङ्ग पेशाको इतिहास हेर्ने हो भने धेरै समय भएको छैन ।
उपचारका क्रममा मुस्कान सहितको सेवा प्रदान गर्दा बिरामीमा आशाको ज्योति पलाएको हुन्छ र उसलाई छिटै सञ्चो हुने अपेक्षा मनौवैज्ञानिक रूपमा पर्न जान्छ । त्यसैले पनि रातदिन बिरामीको उपचारमा जुट्ने नर्स प्रति सम्मान गर्नु जरूरी छ भने नर्सहरूले पनि आफ्नो पेशा अनुसारको सेवा उपलब्ध गराई बिरामी मात्र नभई सबैको मन जित्न सक्नु पर्छ ।
तपाईको प्रतिक्रिया