कोहलपुर, असोज ६,
बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ११ को दश विगाह क्षेत्रमा स्थापित औषधी पसल तथा मेडिकलहरुमा औषधी किन्नेहरुको चाप निकै हुन्थ्यो । तर कोरोना महामारी पछिको यो भिड भने हराउँन थालेको छ । केही समय त यहाँका मेडिकल तथा औषधी पसलहरु सुनसान हुने अवस्थामै पुगेका थिए । यहाँका सबै औषधी पसल तथा मेडिकलहरु नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको भरमा संचालित छन् । पछिल्लो समय मेडिकल कलेजमा आउने बिरामीको संख्या केही बढ्न थालेसँगै औषधी पसलहरु पनि चल्ल थालेका छन् । यसै विषयमा हामीले मनकामना फार्मेसीका संचालकसँग केही कुराकानी गरेका छौं ।
तपाईले दश विगाह क्षेत्रमा फार्मेसी संचालन गर्नुभएको कति वर्ष भयो ?
हामीले फार्सेसी संचालन गर्न थालेको करिब ६/७वर्ष भैसक्यो । नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको उत्तर गेटमा मनकामना फार्मेसी भनेर संचालनमा ल्याएका हौं । यसमा हामी ३ जनाको सहकार्य रहेको छ ।
पछिल्लो समय बिरामी तथा औषधी किन्नेहरुको संख्या कस्तो छ ?
कोरोना पछिको केहीसमय धेरै विरामी आउँथेनन्, केही आउथेँ दिनभर जस्तो सुनसान नै हुन्थ्यो, तर अहिले मेडिकल कलेजमा विभिन्न जिल्लाबाट सेवाग्राहीहरु आउन थालेका छन् । त्यहाँ सेवाग्राही आउन थाले पछि बाहिरका औषधी पसलहरु पनि अलिअलि चल्न थालेका छन् ।
मेडिकल कलेजका कारण तपाईको व्यापार कतिको हुँदै आएको छ नी ?
त्यै मेडिकलको भरमा त यहाँको व्यापार व्यवासाय धानेको छ नी नत्र त हामी अन्त पनि राख्न सक्छौं । यहाँ मेडिकल छ । बिरामी आउँछन् अनि हाम्रो पनि व्यापार हुन्छ भनेरै त हो । भैरहेको छ । हाम्रो मात्रै नभई दश विगाह क्षेत्रको अधिकांश व्यापार धानेकै मेडिकलले हो ।
तपाईले फार्मेसी संचालन गर्नुभएको करिब ६/७ वर्ष भयो भन्नुभएको छ । पहिले र अहिलेको व्यापार व्यवसायमा केही फरक पाउनुभएको छ ?
फरक छ नी धेरै कुराहरु फरक छ । पहिले कर्णाली, सुदूरपश्चिम तथा यहाँका बाँके, बर्दिया र दाङका बिरामीहरुको यो अस्पताल भन्दा अरु विकल्प नै थिएन । जतासुकै ठाउँबाट पनि बिरामीहरु यही नै आउने गरेका थिए । पछिल्लो समय धनगढी, दाङ अनि सुर्खेतमा पनि सुविधा सम्पन्न अस्पतालहरुको स्थापना भैसकेको छ । त्यसले गर्दा पनि धेरै प्रभाव पारिरहेको छ ।
त्यसको प्रभाव यहाँको फार्मेसीलाई कसरी पर्याे नी ?
सिधै यहाँका फार्मेसी, औषधी पसलहरुलाई परेको छ । यी विभिन्न जिल्लाबाट बिरामी मेयो मेडिकलमा आउँथे । अनि औषधी किन्न हाम्रै फार्मेसीमा आउँथे । यहाँका सबै औषधी पसलहरु राम्रो चलेका थिए । तर पछिल्लो समय ठाउँ ठाउँमा अस्पताल संचालन भएपछि उतैका बिरामीहरु त उतै रोकिन्छन् । अनि त्यसको सिधै असर हामीलाई पर्छ ।
यसको समाधान कसरी गर्न सकिन्छ अनि मेडिकल कलेजको भुमिका के रहन्छ ?
यसको समाधान भन्दा पनि अस्पतालमा बिरामीको संख्या बढ्नु खुसी हुने कुरा त होइन । तर पनि मान्छे बिरामी त भै नै हाल्छ । अस्पतालले आफ्नो सेवालाई थप विस्तार र गुणस्तरीय बनाउँदै लगेपछि विरामीहरु आउन थाल्छन् । र हाम्रो फार्मेसी, मेडिकललाई मात्रै नभएर समग्र कोहलपुरलाई नै हामीले आर्थिक उन्नती तिर लान सक्छौं ।
तपाईको प्रतिक्रिया