कोहलपुर, असोज १३,
रोटराक्ट क्लब अफ नेपालगन्ज मेडिकल कलेजले सुर्याेदय माध्यमिक विद्यालय बैजनाथ, चिसापानी बाँकेमा प्रोजेक्ट “पवित्र” सम्पन्न गरेको छ ।
किशोर किशोरीहरुलाई महिनावारी सम्बन्धि ज्ञान दिने उद्देश्यले कार्यक्रम गरेको क्लबले जानकारी दिएको छ । स्थापना देखिनै स्वास्थ्य शिविर, मानसिक परामर्श, खोप कार्यक्रम जस्ता विभिन्न कार्यक्रम आयोजना गर्दै आएको क्लबले यस पटक भने पश्चिम नेपाल र देशभरि नै प्रचलित रहेको महिनावारी सबन्धित कुप्रथाहरुको बारे छलफल गरेरै विद्यार्थीहरुलाई परामर्श दिने जमर्को गरेको हो । उक्त कार्यक्रमबाट कक्षा ४ देखि १० सम्म पढ्ने झन्डै ५०० जना विद्यार्थीहरु लाभान्वित भएका छन् ।
क्लबका सल्लाहकार डा. प्रज्ञा गौतम घिमिरेको महत्वपूर्ण भूमिका रहँदै आएको कार्यक्रममा क्लबका अध्यक्ष रोटर्याक्टर सहरोज सिद्धकीको उपस्थिति रहेकाे कार्यक्रम सम्पन्न भएको थियाे । कार्यक्रममा सहभागी किशोरीहरुले महिनावारीमा गर्नु पर्ने सरसफाइ, सेनिटरी प्याडको उचित प्रयोग र व्यवस्थापन, प्रजनन स्वास्थय, महिनावारीसंगै आउन सक्ने शारीरिक कमजोरी ,यसको व्यवस्थापनबारे र किशोरहरुले महिनावारीको समयमा दिदि, बहिनी, आमा, संगै पढ्ने साथिहरुलाई समेत कसरी सहयोग गर्न सकिन्छ भनेर सिक्ने मौका पाएका थिए । यस कार्यक्रमका संयोजक रोटर्याक्टर समीर यादव, रोटर्याक्टर मीनू जोशी, रोटर्याक्टर प्रगति यादव र रोटर्याक्टर विशाल सिंह राजपूत रहेका थिए र वहांहरूको हौसला बढाउन यस क्लबका सचिव रोटर्याक्टर डाड्ड मोहम्मद साकिब, कोसाध्यक्ष रोटर्याक्टर भावना महाराज र रोटर्याक्टर प्रिन्स ठाकुर समेतले उपस्थिति जनाएका थिए ।
चिसापानी हेल्थ पोस्टको सहकार्यमा समपन्न कार्यक्रममा बोल्दै हेल्थ पोस्ट प्रमुख प्रेम साहले क्लबले एकदमै राम्रो कामको थालनी गरेको र आगामी दिनहरुमा गर्नु पर्ने सम्पुर्ण सहयोग लागि हेल्थ पोस्ट सधैं क्लबको साथमा रहेको बताए । “अब लुकेर हैन खुलेर बोलौँ” भन्ने नाराका साथ सुरु भएको कार्यक्रम करिब ३०० किशोरीहरुलाई सेनेटरी प्याड वितरण गरेर समपन्न भएको थियो । प्रथम चरणमा दिप ज्योती विद्यालयमा समपन्न गरिएको प्रोजेक्ट “पवित्र”को यो भने दोस्रो चरण थियो । क्लबले आउने दिनहरूमा पनि यस्ता विभिन्न खालका कार्यक्रमहरु गर्ने र प्रोजेक्टलाई अझ विस्तार गर्ने बताएको छ ।
तपाईको प्रतिक्रिया