कोहलपुर, असोज १४,
नेपालगंज मेडिकल कलेजलाई कोहलपुरमा टिकाई राख्नका लागि आफूहरुको पनि महत्वपूर्ण भुमिका रहेको नेपाली कांग्रेसका पार्टी सभापति नारायण प्रसाद गौडेलले बताएका छन् ।
नेपालगंज मेडिकल कलेज कोहलपुरको पहिचान भएको भन्दै गौडेलले यहाँको थप विकासका लागि स्थानीयदेखि केन्द्रिय सरकार तथा स्थानीय नागरिकहरुको साथ जरुरी रहेको बताएका छन् । आफ्नो स्थापना कालदेखि नै यहाँका धेरै नागरिकहरुको ज्यान बचाएको भन्दै गौडेलले मेडिकल कलेजकै कारण बाँकेलाई देशभर चिनाउन सफल भएको उल्लेख गरे ।
कोहलपुरमा विगतदेखि नै चौबीसै घण्टा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा उपलब्ध हुँदा स्वास्थ्य उपचारका लागि अन्य ठाउँमा जानुपर्ने बाध्यता हटेको उनले बताए । उनले भने,–‘दिनरात जुन समयमा स्वास्थ्य समस्या परे पनि उपचार पाइन्छ ।’ गौडेलले अस्पतालले यहाँका सेवा सुविधा तथा उपचारलाई व्यवस्थित र थप प्रभावकारी बनाउन सुझाव दिए ।
तपाईको प्रतिक्रिया