काठमाडौं। पछिल्लो समय नेपाली टेलिभिजनमा प्रसारण हुने तयारीमा रहेको कार्यक्रम युटोपिया एक सुन्दर भविष्यलाई अमेरिका निवासी नेपाली युवा दिपेश लामाले नगद रु एक लाख दश हजार रुपैया आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । सिन्धुपाल्चोकमा जन्मीएर अमेरिकामा व्यवसाय गर्दै आएका लामा सामाजिक क्षेत्रमा समेत सकृय छन् । कार्यक्रमको पुर्वतयारी अन्तर्गत प्रोग्रामको प्री रेकर्डको समयमा बोल्दै लामाले यो घोषणा गरेका कार्यक्रम युटोपियाका मिडिया व्यवस्थापक विवेक ठाकुरले जानकारी गराएका छन् ।
चलचित्र निर्देशक, लेखक, सञ्चारकर्मी एवं युवा ज्योतिष जनक खड्काले सञ्चालन एवं निर्देशन गर्ने कार्यक्रम युटोपिया नेपाल नेटवर्क टेलिभिजनबाट प्रसारण गर्ने भनिएतापनि प्रसारण मिति भने तय गरिएको छैन । यस कार्यक्रमका निर्माता समेत रहेका राजनितिज्ञ, समाजशास्त्री, भाषाशास्त्री एवं लेखक नवराज लम्सालले यस कार्यक्रमबाट समाजमा सकारात्मक पुग्ने विश्वास व्यक्क्त गर्दै सहयोग घोषणा गर्ने लामालाई धन्यवाद दिएका छन् । टेलिभिजन कार्यक्रमलाई अन्र्तवार्तामै आर्थिक सहयोग घोषणा भएको सम्भवत यो नेपालको पहिलो टेलिभिजन कार्यक्रम बनेको छ । आन्तरिक तयारी पुर्ण भएपछि कार्यक्रम लगभग आगामी महिनाबाट प्रसारणमा आउने निर्माण पक्षको दावि रहेको छ ।
तपाईको प्रतिक्रिया