काठमाडौं, समाजवाद एउटा यस्तो आर्थिक ब्यवस्था हो जहाँ देशको संपुर्ण अर्थतन्त्रको स्वामित्व पुर्णतया सरकारमा निहित हुन्छ जसलाई सामाजिक स्वामित्व पनि भनिन्छ। यस्तो आर्थिक राजनीतिक ब्यबस्था अंगिकार गर्ने राष्ट्रलाई समाजवादी राष्ट्र भनिन्छ। स्वामित्व भन्नाले बस्तुको उत्पादन, नियन्त्रण र व्यवस्थापन आदि पर्छन्। सामाजिक स्वामित्वका पनि विभिन्न प्रकारहरू हुन्छन् जस्तै साझा स्वामित्व, सहकारी संस्थान, प्रत्यक्ष सार्बजनिक स्वामित्व र राज्यद्वारा संचालित स्वतन्त्र संस्थान आदि जनाउँछ। तर समाजवादको निश्चित परिभाषा यिनै स्वामित्वका प्रकारहरूमा फरक फरक हुनसक्छ।
हिजोका विद्रोहीहरू जसले, उनीहरूको विद्रोही भाषामा विष बमनद्वारा गरिब किसान र मजदुरहरूलाई दिग्भ्रमित पार्यो । आज आफैं तिनीहरू झिलिमिलि निजी कम्पनीहरू तथा गैरसरकारी संस्थाहरूको नियन्त्रणमा पाईने गर्दछ । जुन निजी कम्पनीहरू तथा गैरसरकारी संस्थाहरू पहिले वर्ग संघर्षको निमित्त आह्वान गरिएका उही किसान र मजदुरहरूको बलिदानी ढाडहरू निरन्तर चढिरहेका छन् । रूस, चीन, पोल्याण्ड, एलसाल्वडोर, निकारगुवा आदि देशमा कम्युनिष्ट र समाजवादी पार्टीहरू सशस्त्र र निशस्त्र लडाकुहरू बिना आत्मा आजकाल कतै पनि सामाजिक मुक्तिको कुनै पनि बहाव बनेको देखिदैनन् । न त उनीहरू जनताको कुनै न्यायोचित तथा प्रष्ट असन्तुष्टितर्फको प्रतिबद्धताको प्रतिचिन्ह बन्दछ । हाल उनीहरू केवल एक विशाल ऐतिहासिक लज्जालाई प्रतिविम्वित मात्र गर्दछन । यो भनाई निवर्तमान बोलिभियाका उपराष्ट्रपति, अल्वेरो गार्सिया लिनेराको हो ।
यो सबै चिन्तकहरूको मूल मान्यता भनेको समुदायको महत्वमा जोड् दिएको देखिन्छ न कि कम्युनिष्ट जस्तो एक वर्गको मात्र वा उदारवादी जस्तो व्याक्ति स्वतन्त्रतामा जोड् । बरू साझा राम्रो सामान्य हितको संकल्पना वा समुदायीक हितको अवधारण प्रस्तव गरेको पाईन्छ।व्याक्तिको लागी गुड नभएर समुदायलाई आधार वनाएर कमन गुड निर्णय गरिने छ किन कि समुदायको लाभ नै व्यक्तिको लाभको पुरक मानिन्छ।
समुदाय भन्नाले एउटै संस्कृति एकै प्रकारको राजनीतिक, सामाजिक र आर्थिक समूहलाई मानिन्छ । यिनीहरू एउटै मापदण्डमा अधारित जीवनशैैैली हुन्छ । एक अर्कामा सद्भावना र सम्बन्धको मापदण्डमा समानता स्थायी हुने गर्छ ता कि उदारवाद र मार्क्सवादले निर्माण गरिदिएको एसोसिएशन को जस्तो अस्थाई सम्वन्ध । उदारवादले एक व्याक्तिलाई समुदायबाट अलग गर्छ । त्यसैले उसको जीवन एक्लो भएर अनेकौ भावनात्मक समस्य पैदा हुन्छ । विशेष गरेर यो समस्य पश्चिममाहरूमा जटिल बन्दै गएको छ । त्यसैले मानवको समुदायवादी स्वभावको हुने भएकाले पुनः समुदाय मै फर्किएर दोश्रो पटक बाँच्ने मौका दिन चाहान्छन् समुदायवादीहरू ।
उदारवादीहरू समाजलाई व्यक्तिहरूको योग मान्छन् र समाजलाई एक साधन वा यन्त्र ठान्छन् भने साध्य भनेको व्याक्तिको स्वतन्त्रतालाई मान्छन् । यसैमा समुदायवादीहरू प्रशन गर्छन् व्यक्ती आफ्नो स्वतन्त्रताको प्रयोग कहाँ गर्छ ? यसको उत्तर आफैं दिन्छन् समुदायमा जसले व्यक्तिको स्वतन्त्रताको प्रयोग गर्ने वातावरण निर्माण गर्नेछ । यदि उदारवादीहरूले भनेको स्वतन्त्रताको प्रयोग राउटेमा प्रयोग गरौं । जहाँ मुखियाा प्रथा छ वा लिम्बु र थारू समुदायमा जहाँ अझै बढ्गर र तुम्याहाङ प्रथा छ त्यहा केही मान्यता हरू स्वतन्त्रताको नाममा भत्काउनै कुनै लिम्बु हरू तयार छैनन् या त त्यो स्वतन्त्रता युगण्डाको समुदायमा के त्यहाँ कसैले स्वतन्त्रताको प्रयोग गर्न सक्छ रु कदापि सक्तैन किन कि त्यहाँका समुदायको अवस्था र राजनीतिक स्थिति सही छैन, तर त्यो स्वतन्त्रताको प्रयोग अमेरिकामा भने गर्न सकिन्छ।
त्यसैले स्वतन्त्रताको प्रयोग समुदायभित्रै गर्नु पर्ने हुँदा समुदाय मै ध्यान दिएर समुदायको विकास र सुधारमा समुदायवादीहरू जोड् दिन्छन् ।
मार्क्सवादी र उदारवादीहरूले भनेको राम्रो र सहीको परिभाषा समुदाय अनुसार फरक–फरक हुनेछ । कुनै समुदायको लागि खुशी राम्रो हुन सक्छ भने कुनै समुदायको संस्कृति त कसैको लागि सम्वृद्धि त्यसैले मार्क्सवादी र उदारवादको एउटै फ्रेमवर्क भित्रबाट प्रयोग गरिने अधिकारले मात्र एक वर्गको हित गर्ने तर्क पेस गर्छन् । उदारवादी चिन्तक सामान्य न्याय र सामाजिक वस्तु वितरणको निम्ति विश्वभर मान्य हुने एक सार्वभौमिक सिद्धान्त निर्माण गर्छन् । जसलाई अज्ञानताको घुम्टो भन्छन र एक कल्पनिक स्थितिको कुरा गर्छन् । जहाँ मानिसहरूलाई आफ्नो भविष्यमा कस्तो सामाजिक अवस्था हुन्छ थाहा हुनेछैन । मानिसहरूलाई आफ्नो भविष्यको वास्तविक स्थिति थाहा नहुने भएकाले यस्तो अवस्थामा प्रत्येक सामाजिक वस्तुहरूको वितरणको सिद्धान्त एक समान नै सही हुने तर्क पेस गर्छन् । यो वितरण प्रणालीलाई सामुदायवादीहरू यसलाई सामान्य समनाता भन्छन् । समुदायमा सबै वस्तुहरूको एक समान महत्व नहुने भएकाले त्यस्तो सामान्य नहुने मत राख्छन र यसलाई हल गर्न एक अवधारणा अधि सार्छन । फरक–फरक सामाजिक वस्तुहरू सामाजिक जीवनको फरक–फरक क्षेत्रमा एक वितरणको निम्ति निर्माण भएको हुन्छ । न्यायको उद्देश्य भनेको यसको वितरणको तर्कसंगत आधार पत्ता लगाउनु हो। त्यसैले न्यायको कुनै सार्वभौमिक नियम नहुने मत राख्छन् ।
समुदायभित्र समाज हुने र समाजभित्रका व्यक्तिहरूको अलग–अलग आवश्यकता हुने भएकाले वितरण र न्यायको सिद्धान्त निर्माण गर्दा प्रत्येक समुदायका निम्ति अलग–अलग नियम हुन आवश्यक छ । एउटै समुदायभित्र पनि वस्तुको वितरणको सिद्धन्त फरक–फरक निर्माण हुन आवश्यक छ । यसलाई हेर्दा वितरणको सिद्धान्त निर्माण गर्न जटिल देखिन्छ । त्यसैले यसलाई जटिल असमानता भनिन्छ । सामजभित्रको असमानता, राजनीति र वितरणमा जटिलता हुने भएकाले यो सबै व्यवस्थापन गर्नलाई यो नयाँ विचार बोक्ने वैकल्पिक राजनीतिक दलकै अवश्यकता पर्छ । हिजोका उदारवादी, पुँजीवाद र मार्क्सवादी कम्युनिष्ट दर्शनले समाज बदल्ने र व्यवस्थापन गर्ने विज्ञानको रुपमा ठूलो असफलता सामना गर्दैछ । त्यसैले विकल्पमा वहुलराष्ट्रिय लोकतन्त्र, संघीयता, स्वशासन र सामुदायिक समाजवादको संकथनमा हाल संसारभरका धेरै चिन्तकहरू खटिरहेका छन् ।
वर्गीय समाजमा ‘समाजवाद’ पनि वर्गीय हुन्छ। पूँजी र निजी सम्पत्तिको अस्तित्व समाजमा स्थापित भए सँगसँगै वैकल्पिक सामाजिक समाज पनि अस्तित्वमा रही आएको छ। आज पनि पूँजीको प्रभुत्व र राज्यको विस्तार नपुगेको गाउँ-ठाउँमा परम्परादेखिको सामाजिक समुदायको समाज अस्तित्वमा छन्। ती समाजहरू पूँजीवादी समाजवादका उन्नत र समृद्ध भनिएका समाज भन्दा कैयौं गुणा सामूहिकता सांस्कारिक शान्ति र स्वतन्त्रताको अद्भुत अनुभूति गर्दछन्। यद्यपि त्यहाँका समुदायमा भौतिक विपन्नता र कठिनाइ भोग्न बाध्य छन्। यदि त्यो समाजको सम्पदा र श्रमशक्तिको सही सदुपयोग गर्न स्वाधीन हुने हो भने ती उन्नत समाजमा बदलिने छन्। त्यसका लागि सामुदायिक समाजवाद नै एक आधार हो ।
लेखक: कमल कृष्ण बिष्ट
तपाईको प्रतिक्रिया