काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन १०६ कोरोना संक्रमित थपिएका छन् । १०६ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको आज शुक्रबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिएका हुन्।
भक्तपुरका ८ जना , काठमाडौंका ८८ जना, ललितपुरका १० जना गरी कुल १०६ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले पुष्टि गरेको हो।
नेपालमा अहिले संक्रिय संक्रमितको ६ हजार ३३० रहेका छन्।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२५ डिस्चार्ज भएका छन् । कुल डिस्चार्ज हुनेको संख्या भने १५ हजार ८१४ पुगेको छ। अहिले क्वारेन्टाइनमा १० हजार २०७ जना रहेका छन्।
तपाईको प्रतिक्रिया