दार्चुला । दार्चुला सदरमुकाम खलंगाको नाका भएर नेपालको विभिन्न जिल्लाका ४९ जना नेपाल भित्रिएका छन् । भारतको धारचुलामा जम्मा भएर बसेका उनीहरुलाई नेपाल भारत जोड्ने झोलुङ्गे पुलबाट नेपाल प्रवेश दिइएको हो । कोरोना संक्रमण फैलिन नदिन नेपाल भारतका सिमा शिल गरिएको अवस्थामा सिमावर्ती बजार धारचुलामा फसेका उनीहरुलाई दुई देशका प्रशासन बिच भएको समन्वयका आधारमा नेपाल प्रवेश दिइएको हो ।
खलंगा नाकाबाट जुम्लाका १६, डडेल्धुराका ३, मुगुका ३, बझाङका १, रुकुमका १, दार्चुलाका २५ गरि ४९ जना नेपाली प्रवेश गरेका छन् । उनीहरु जिल्ला सदरमुकाम खलंगाबाट शनिवारै आ—आफ्नो जिल्ला प्रस्तान गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुरेन्द्र प्रसाद जोशीले जानकारी दिए । खलंगाबाट प्रवेश गर्ने उनीहरुको सामान्य ज्वरो मापन गरिएको छ । साथै शनिवारै झोलुङ्गे पुल भएर ४० जना भारत गएका छन् ।
दार्चुला र धारचुला जोडने झोलुङ्गे पुल समय समयमा मनपरि रुपमा खोल्ने गरीएको छ यस कारण नेपालमा कारोना जोखिम झन बढन सक्ने संकेत देखा परेको छ । भारतबाट आएका मानिसहरुलाई पुलबाटै आ–आफनो घर पठाउने गरेकोले सहर भन्दा पनि गाउँघरबाट जोखिम बढने होकि भन्ने चिन्ता जनमानसमा परेको छ ।
यसरी समय समयमा पुल खोलेर कोरोनाको जोखिम बढयो भने त्यसको जिम्मेवारी कसले लिने भन्नेमा कुनै पनि ठेगान रहेको छैन । यो कुरामा जिल्ला प्रशासनले ध्यान दिनु अति आवश्यक रहेको छ ।
तपाईको प्रतिक्रिया