महोत्तरी । जनता समाजवादी पार्टि महोत्तरी जिल्ला अध्यक्ष गिता दासले आइसोलेशन र क्वारेन्टाइनमा रहेकाहरुलाई राम्रोसंग हेरचाह नगरेको भन्दै स्थानीय तह सरकार भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउनुभएको छ ।
प्रदेश २ लगायतका जिल्लाहरुमा कोरोना संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै जाँदा पनि अहिलेसम्म भेन्टिलेटर खरिदका लागि रकम समेत निकासा नभएको प्रदेश सरकारमाथि जिल्ला अध्यक्ष गिता दासले ठाडै आरोप लगाउनु भएको छ ।
उहाँले यो समस्याको समाधान छिटै निकाल्नुपर्ने, जनतालाई सुविधा दिनुपर्ने प्रदेश सरकारसंग माग गर्नु भएको छ । उहाँले कोरोना रोकथाम एवं नियन्त्रणका लागि अग्रपंक्तिमा खटिरहेका स्वास्थ्यकर्मी, संचारकर्मी, सुरक्षाकर्मीको मनोबल बढाउन पीपीई सेट सहितका सुरक्षा सामाग्री र जोखिम भक्ताको व्यवस्था समेत गर्न माग गर्दै तत्काल सक्रिय हुन प्रदेश सरकारसंँग आग्रह गर्नुभएको छ ।
कोरोना संक्रमणबाट जनतालाई बचाउन विकास निर्माण भन्दा पनि पहिला पीसीआर चेकजाँचको दायरा बढाउन पर्नेमा समेत उहाँले जोड दिनुभयो ।
तपाईको प्रतिक्रिया