– मधु कार्की
विश्व मानव समाज तथा अर्थतन्त्रलाइ ध्वस्त पार्ने एक क्रूर जियो पोलिटिक्सका बाद्शाहहरु डिजिटल विज्ञापन गरेजस्तै (Covid-19)को भयावह तुफानको चिप्सलाई खतरनाक डिवाइसबाट प्ले गर्दै मानव समाजको चिच्याहटमा संसारको कुनै एक कुनाबाट मदिराको चुस्की लिंदै जीतको मजाक लिइरहेका छन् ।
Covid-19 लाई आत्मसाथ गरौं । असुर बादशाह, जो संसारमा आफुलाइ शक्तिशालीको रुपमा सदैव स्थापित गर्न खोजी रहन्छन् । Covid-19 महामारीको भयानक त्रास देखाई सम्पुर्ण मानव समाजलाई एन्टिडटको पासपोर्ट भिराउनका होडमा, एन्टिडट्को आविस्कारको लटरम्म रुख बन्दै बिश्व अर्थतन्त्र मुठ्ठीमा लिई सम्पुर्ण मानव समाजलाई भेडा बनाउदै रुखमुनीबाट बाँच्नका लागि घाँसमा घाँटी तन्काउने बिबस भेडाको रुपमा बिश्व मानव समाजलाई बनाउन खोजिरहेको यो क्रूर जियो पोलिटिक्स हो ।
वास्तवमा covid-19 ले कोहि मरेका हैनन् । जब पोजेटिभ रिपोर्ट आउँछ:
१. डरले ३० % मरिसकेको हुन्छ।
२. covid-19 को लागि जुन कडा एन्टिबायोटिक प्रयोग हुन्छ त्यसको असरले ४०% सिथिल हुन्छ। बृद्दाहरुले त थेग्न सक्ने सवालनै रहेन ।
३. बाँकी रह्यो ३०%-७०% बेकारमा मरिसकेको हुन्छ ।
४. अस्पतालको चापले र त्यहाँको वातावरणलाई सम्हाल्न सक्ने आत्मबल भएका टिक्छ्न नत्र १५ % पुन: मर्छन।
५. ८५ % सिथिल भैसकेको हुन्छ। वरपर लास देख्छ, अब उसको धडकन फुल्छ ,हतोत्साहित हुन्छ ।
६. बाकी रहेको १५ % भोकले मर्छ। त्यो कमजोर सरिरलाइ न्यूट्रेसन डायट, झोलिलो कुरा चाहिन्छ, मरिसकेको सिथिल सरिरलाइ छुन डराउछ्न, कसले खानाको वास्ता गरोस। १५ % खाना नपाएर मर्छ। अनि उ पुर्ण रुपमा बेकारमा मर्छ, भेलले मर्छ, बेअर्थ मर्छ, अछुत भएर मर्छ, अनादर त्यो सरिए फ्यालिएर समाप्त हुन्छ। सत्ता,भोग र दौलतले आधुनिकतामा मान्छेहरुनै असुरको रुपमा छन् कलियूगमा ।
मौसम परिवर्तनमा ज्वरो आउनु ,ज्वरो आउदा टाउको दुख्नु खोकी लाग्नु, खोकी लाग्दा सास फेर्न गारो हुनु सामान्य हैन र ? पस्चिमी समाजमा covid-19 बाट ठूलो मानवीय क्षतीको सिकार बनी सकेको बिगत नभुलौं । संक्रमणको अत्यन्तै जोखिममा पुगेका राष्ट्रहरु तथा सम्पुर्ण समुदायहरुले कोरोनाको भ्रामिक रणनीतिहरुलाई बुझ्दै जनजीवन समान्य अवस्थामा फर्काइ अर्थतन्त्र बचाउन तिर कस्सिएका छन् । खासगरि जेष्ठ नागरिकहरुको कथा र मृत्युको अवस्थाले त सिङ्गो मानवीयतामा बर्गियताको नमिठो उदाहरण छाडी २१ औं शताब्दीको अदभुत विकास र मानवीयताको मीठो बहसलाइ जिस्काइ रहेको छ।
हामी नेपाली हौं । हाम्रो संस्कार , आत्मीयता र पुर्खाले देखाएका गोरेटोहरु आत्मसात गर्दै धर्म निभाउदै गयौं भने हाम्रो संस्कार नै मानवीयताको पाठशाला हो। हाम्रा जेष्ठ नागारिक हाम्रा सुनौलो इतिहास अनि वर्तमान प्रकाश हुन् । हाम्रो भगवान हुन् । कोरोनाको कहरले नेपाली समाज हाहाकार गरिरहनु पर्ने आवश्यक नै छैन। covid-19 बस मानव समाजलाई त्रसित बनाइ एकछत्र राज गर्ने खतरनाक सभ्य मुखुण्डोहरुका वास्तविक असुर रुपि अनुहारको प्रतिबिम्ब एक जियो पोलिटिक्स हो।
तपाईको प्रतिक्रिया