नेकपा उपाध्यक्ष वामदेव गौतम गीतकार पनि हुन् । उनको अहिलेसम्म दर्जनौ गीतहरु सार्वजनिक भएका छन् ।
शुक्रवार गौतमद्धारा रचित गरिएको गीत यो बुद्ध भूमिको भिडियो सार्वजनिक भएको छ ।
सामाजिक सञ्जालबाट सार्वजनिक गरिएको भिडियोमा राष्ट्रभक्ति गीतलाई प्रस्तुत गरिएको छ ।
राजनीतिक व्यक्तित्वहरु पनि कलामा रुची राख्दछन् भन्ने विश्वास बढ्दै गईरहेको छ । यसैको अर्को उदाहरण हो वामदेव गौतम ।
सार्वजनिक गीतमा नेपालको प्राकृतिक सुन्दरता, शान्तिका दुत गौतम बुद्ध र नेपाली कला संस्कृतिको वारेमा वर्णन गरिएको छ ।
गैतमले लेखेको शब्दलाई मनोहर सुनामको एरेञ्जमा शम्भुजित बाँस्कोटाले संगीत भरेका छन् ।
गीतकार गौतमले आफ्ना ४३ गीतहरुलाई एकत्रित गरि गीति संग्रह पनि प्रकाशनमा ल्याइएको छ ।
जसमा सार्वजनिक भएका गीतहरु र हुन बाँकी सबै समावेश गरिएको छ ।
तपाईको प्रतिक्रिया