मकवानपुर, १६ भदौ
मनहरी गाउँपालिका(२ भुन्द्रुङ टाँडी बस्ने आदेश रुम्बाको घरबाट ९ केजी ५ सय ग्राम लागूऔषध गाँजा सोमबार साँझ प्रहरीले बरामद गरेको छ । रुम्बाको घरमा लागूऔषध गाँजा लुकाई छिपाई राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त परिमाणको गाँजा बरामद गरेको हो ।
हाल फरार रहेका रुम्बाको खोजतलास गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया