दार्चुला : नेपाल–भारत जोडने सिमानाका बन्द भएको चार महिना वितिसकेको छ । सुदूरपश्चिममा भारतसंग जोडिएका झोलुंगे पुलहरु पनि पुर्ण रुपमा बन्द गरिएका छन ।
सुदूरपश्चिमका अधिकांश जनताहरु भारतमा मजदुरी गर्दै आएका तथा नेपालमा व्यवसाय गर्दै आएका व्यवसायीहरु पनि मालसामान ल्याउन भारतकै भर पर्ने भएका कारण अहिले भने सुदूरपश्चिमका व्यापारीहरुको पसलमा सामान अभाव हुदै आईरहेको छ ।
मजदुरहरु आफ्नो दैनिकी चलाउन समस्या भएको जनाउदै आएका छन् । भारतमा मजदुरी गरेर परिवार पाल्नेको अहिले विचल्ली भएको छ । सुदूरपश्चिमका जनताहरुको बर्षाै देखीको बाध्यता भारतको भर पर्नु हो । नुन देखि सुन सम्म ल्याउन भारतको भर पर्दै आएका सुदूरपश्चिमेली जन्ताहरुले दुबै देशका सिमाना बन्द हुदा के गर्ने कसो गर्ने, कसरी परिवार लाल्न पाल्न गर्ने भन्ने चिन्ताको विषय बनेको छ । नेपालको भन्दा भारतिय सिमाको बजारमा हरेक सामना सस्तो सुलभ मै उपभोग गर्न पाइने हुँदा सुदूरपश्चिमका ब्यावसायी र मजदुरले भारतीय बजारको भरमा आफ्नो दैनिकी चलाइरहेका कारण अहिले समस्या परेको हो ।
दार्चुला सदमुकामको स्थानीय बजार अहिले सुनसान रहेको छ । खाद्य बस्तु लगायत सबै सामान भारतीय बजारबाट आयात गरेर व्यावसाय गर्ने गरेकोले लकडाउनका कारण सिमा बन्द भए पछि परिवार पाल्न समेत गाह्रो भैरहेको दार्चुलाका स्थानीय ब्यापारीले बताए । अहिले बन्दाबन्दीको कारण नेपाली समान उपभोग गर्ने परेको र नेपाली समानमा महंगाई हुने हुदा उपभोक्ताहरुले पनि उपभोग नगरीदिए खाद्य सामान कुहिने होकि भन्ने चिन्ताले झनै बढेर आउछ स्थानिय व्यापारीले गुनासो गरेका छन् ।
लकडाउनको मौका पारेर कातिपय व्यापारीहरुले कालोबजारी गर्दै आईरहेका छन्। यसमा स्थानीय सरकार र नेपाल सरकारले ध्यान दिएको छैन । सुदूरपश्चिमका दार्चुला, बैतडि, बाझाङ, बाजुरका अधिकान्स स्थानिय मजदुरहरुको एक छाक टार्न सम्म गरो पर्नेहरुको त कालो बाजारीले गर्दा झनै विचल्ली छ । कालाबजारी रोक्नका लागी समय समयमा अनुगमनको आवश्यकता रहेको छ ।
कैलालीको गौरिफण्टा, कंचनपुरको बनबासा र दार्चुलाको खलंगा सम्मका सम्पुर्ण भारतीय सिमा नाकाहरु बन्द रहेका बेल सुदूरपश्चिम सरकारले स्थानिय मजदुरहरुका लागि राहतको व्यवस्था गर्न सकेको छैन । कतिपय ठाउँमा राहत वितरण गरिएता पनि कतिपय मजदुरहरुले राहत सम्म नपाउदा दुःखी र पीडाका रमिता बनिरहेका छन ।
सिहदरवारमा बस्ने शाशकहरुलाई मजदुरी गरेर परिवार पाल्ने मजदुरको पिडाको महसुस नै भएको छैन मजदुरी गरेर खान पनि नपाईएको स्थानीय मजदुरको गुनासो रहेको छ ।
तपाईको प्रतिक्रिया