काठमाडौं – भारतले गोर्खाली सेनालाई नेपालको घनिष्ठ मित्र चीनविरुद्ध प्रयोग गर्न लद्दाखमा तैनाथ गराएको भन्दै ग्रेटर नेपाल राष्ट्रवादीले आपत्ति जनाएको छ ।
भारतले चिनियाँ सैनिकविरुद्ध विकास बटालियन, ३÷९ जिआर र ४÷१ जिआरका गरी झण्डै चार हजार गोर्खाली सैनिक परिचालन गरेर नेपाल–चीनबीचको सम्बन्धलाई धाँजा पार्ने काम गर्न खोजेको उसको ठहर छ ।
सन् १९४७ नोवेम्बर ९ को गोर्खा भर्तीसम्बन्धी त्रिदेशीय सम्झौता रद्द गरी त्यहाँ कार्यरत नेपाली युवकहरूलाई नेपाल फर्कन आदेश जारी गर्न सरकारलाई अनुरोध गरेको व्यहोरा मोर्चाका तर्फबाट अध्यक्ष फणिन्द्र नेपालद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।
‘नेपाल र नेपालीको निकटतम मित्र चीनकाविरुद्ध इन्डियाका पक्षबाट नेपालीले नै लडिदिनुपर्ने यो विडम्बनापूर्ण युद्धले नेपाललाई जबरजस्ती चीनको शत्रु बनाउने परिस्थितिमा पु¥याउने’ मोर्चाको विज्ञाप्तिमा भनिएको छ ।
‘तसर्थ परिस्थिति भड्किनुभन्दा पहिल्यै नेपालले प्रभावकारी सावधानी अपनाउनुपर्छ र त्यो भनेको गोर्खाभर्ती सम्झौता रद्द गर्नु नै हो भन्ने ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको दृढ मान्यता रहेको छ,’ विज्ञप्तिमा उल्लेख छ । गोर्खा सैनिकलाई चीन विरुद्ध प्रयोग गर्नु मित्रघात हुने नेपालको धारणा छ ।
तपाईको प्रतिक्रिया