ललितपुर – गायक केदार खोटाङ्गेको नयाँ लोक पप लयमा आधारित चन्द्रागिरी थानकोट नागढुङ्गाको छेउ मोवाईल मात्र नचलाउन मलाई मायाँ देउ सार्वजनिक गरेका छन् । गायक केदारले आफ्नै युटुव च्यानल मार्फत गीत सार्वजनिक गरेका हुन ।लक डाउन कोरोनाको कहर र बाढिपहिरो अनि सलह किराको प्रकोप लगाएतका बिषयबस्तु समेटर काठमाडाैं तथा काठमाडाैं वरिपरिका नुवाकोट धादिङ्ग सिन्धुपाल्चोक लगाएत काठे क्षेत्रका प्रचलित भाकामा उक्त गीत बनेको छ ।
केदार खोटाङ्गे र गंगा घर्ती मगरको स्वर रहेको उक्त गीतलाई संगीत तथा समायोजन नवराज रोकाले गरेका छन भने गीतको शब्द केदारकै रहेको छ ।वाईपि घिमिरेको निर्देशनमा बनेको उक्त गीतको म्युजिक भिडियो पनि निक्कै मनमोहक रहेको छ ।जोन राईले भिडियो सम्पादन गरेका छन भने अभिनयमा सुमन पोखरेल,सुष्मा राई,देबिका खड्का,सोफिया लोहार र दिपेन राई रहेका छन।
तपाईको प्रतिक्रिया