भोजपुर । पौवादुङमा गाउँपालिका-५ स्थित अँधेरी घाटमा ड्युटीमा खटिएको प्रहरीलाई ढुङगा प्रहार गरेको अभियोगमा सोही गाउँपालिका-५ लुगुवा बस्ने २६ वर्षीय संगीन राईलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
राईले मादक पदार्थ सेवन गरी धरानबाट स्कुटर लिई आउने क्रममा प्रहरीले उक्त नाकाबाट प्रवेश गर्ने बिषयलाई लिएर राईले प्रहरी हवल्दारलाई ढुङगा प्रहार गरेका हुन् । ढुङगा प्रहारबाट घाइते प्रहरी हवल्दारको बिराट मेडिकल कलेज बिराटनगर मोरङमा उपचार भइरहेको छ ।
तपाईको प्रतिक्रिया