काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ५४ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा १ हजार ९ सय ५४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ६४३ रहेको छ। जसमा संस्थागत आइसोलेशनमा ७ हजार ७०९ र होम आइसोलेशनमा ३१ हजार ९३४ रहेका छन् ।
यस्तै कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या बितेको २४ घण्टामा २ हजार ९ सय ८१ पुगेको छ । यससँगै कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या १ लाख २१ हजार ८२४ पुगेको छ ।
यस्तै कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यो संगै मृत्यु हुनेको कुल संख्या ८ सय ८७ पुगेको छ ।
तपाईको प्रतिक्रिया