काठमाडौं –रत्न राज्य लक्ष्मीका क्याम्पस र पद्यम कन्या क्याम्पसमा अध्ययनरत नेपाल भाषाका विद्यार्थीहरुले ओन्देस्थित नारायण परिवार क्लबमा टेकु स्थित नारायण परिवार क्लबमा संयुक्त रुपमा गुरु पुर्णिमा मनाएका छन् ।
कार्यव्रmममा नेपाल भाषा पुर्नस्थापना अभियानमा सहयोग गर्नु भएका रत्न राज्य लक्ष्मी क्याम्पसका सहायक क्याम्पस प्रमुख गोबिन्द प्रसाद आचार्य, श्रीमिला सुवाल, नानी हेरा प्रजापति, अनुपसिंह सुवाल र पद्यम कन्या क्याम्पसका प्राे. मदनसेन बज्र्राचार्य तथा नवनियुक्ति क्याम्पस प्रमुख डा. जीवनराम ज्ञवाली लगायतका शिक्षकहरूलाई विधार्थीले सम्मान पत्र दिइ सम्मान गरेका थिए ।

सहायक क्याम्पस प्रमुख गोविन्द प्रसाद आचार्यले भाषा रहेमा मात्रै हामी रहने कुरा औल्याउदै मातृभाषाको विशेष महत्व रहेका जनाउदै विद्यार्थीहरुको भाषिक आन्दोलनमा आफ्नो साथ रहने धारणा राखे ।
कार्यक्रममा लकडाउनमा रत्न राज्य लक्ष्मी क्याम्पसकाे पहिलाे अनलाइन कक्षा नेपाल भाषा अध्यापन गराउनु भएका शिक्षक अनुपसिंह सुवालले भन्नुभयाे, विद्यार्थीहरूकाे लामाेसमय पश्चात संर्घषबाट पुनः स्थापना भएकाे नेपाल भाषा विषय उनीहरूकाे चाहाना बमोजिम एम.ए. तहमा समावेश गराउनेमा क्याम्पस प्रमुखबाट सहयाेग प्राप्त हुने धारणा राखे ।

गुरू पुर्णिमाकाे चर्चा गर्दै पद्मम कन्या क्याम्पसका प्राे. मदनसेन बज्राचार्यले क्याम्पसमा अध्यापन गराउने कुनै पनि विषय १० जना विधार्थी नभएमा अध्यापन गराउन नमिल्ने सत्य नभएकाे जनाउदै क्याम्पसकाे विवेक कक्षा सञ्चालन गर्ने सक्ने जनाए ।
क्याम्पस प्रमुख डा. जीवनधर आचार्यले अभियन्ताहरूले नेपाल भाषा अभियान रोजगारीसित जोडेर अघि बढेमा क्याम्पसहरूमा विद्यार्थीहरुको अभावमा नेपाल भाषा बन्द गर्नु पर्ने अवस्था नआउने धारणा राख्दै रत्न राज्य लक्ष्मी क्याम्पस पुर्ण रुपमा मानविकी क्याम्पस जनाउँदै सधैं सबै भाषा संस्कृति मानव सभ्यतासित सम्बन्धित विषयहरू अध्ययन अध्यापनमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको ठुलो आंगिक क्याम्पस भएकोले दत चित साथ साथदिइरहने जनाउनु भयो ।
सभाअध्यक्ष रिदेन महर्जनले बि.ए. तहमा मात्र नभई एम.ए. तहमा समेत नेपाल भाषा अध्ययन गर्न चाहने विद्यार्थीहरु बढि रहेकाले नेपालभाषा अभियानमा सम्पूर्ण मातृभाषानुरागीहरुको साथ अावश्यक रहेकाे जनाउदै कार्यव्रmम समापन समापन गरे ।
तपाईको प्रतिक्रिया