Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त मृत्यु
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

भारत प्रशासित जम्मू तथा कश्मीरमा दशकौँ देखि बसोबास गर्दै आएका नेपालीभाषी गोर्खाहरूलाई स्थायी बासिन्दाको जस्तै मान्यता दिइने


भारत प्रशासित जम्मू तथा कश्मीरमा दशकौँ देखि बसोबास गर्दै आएका नेपालीभाषी गोर्खालीहरूलाई स्थायी बासिन्दाको मान्यता दिइने

भारत प्रशासित जम्मू तथा कश्मीरमा दशकौँदेखि बसोबास गर्दै आएका नेपालीभाषी ुगोर्खाुहरूलाई स्थायी बासिन्दाको जस्तै मान्यता दिइने भएपछि त्यहाँ रहेका नेपालीभाषीहरूले खुसी व्यक्त गरेका छन्।
भारत सरकारले गत मार्चमा जारी गरेको एउटा नयाँ निवाससम्बन्धी नियम अनुसार आवश्यक प्रक्रिया पूरा गर्ने नेपालीभाषीले अब उक्त क्षेत्रको स्थायी बासिन्दाकै जस्तो अधिकार उपभोग गर्नसक्ने एउटा प्रमाणपत्र पाउने छन्।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार उक्त नियम गत मार्च १८ देखि कार्यान्वयनमा आइसकेको छ।
अखिल जम्मू तथा कश्मीर गोर्खा सभाकी अध्यक्ष करुणा क्षेत्रीले सरकारको नयाँ निर्णयले गोर्खा समुदायमा खुसी छाएको बताइन्।
जम्मू र कश्मीरमा बसोबास गर्दै आइरहेका भारतकै अन्य राज्यका नागरिकले आफूले त्यस्तो प्रमाणपत्र पाएको भन्दै सामाजिक सञ्जालहरूमा तस्बिर पनि सार्वजनिक गरेका छन्।
कश्मीरमा भएको परिवर्तनले जम्मूका नेपालीभाषी गोर्खाहरू खुसी
सत्र सालमा राजा महेन्द्रले गरेका थिए कश्मीर भ्रमण
गोर्खाहरूको प्रतिक्रिया
क्षेत्रीले उक्त प्रमाणपत्रका लागि गोर्खाहरूले अहिले धमाधम आवेदन दिइरहेको जानकारी दिइन्।
उनले भनिन्, अहिले कतिले पाइसकेका छन्। कतिले अनलाइन आवेदन दिएका छन्। कतिले कागजमा पनि आवेदन दिएका छन् । गत वर्ष अगस्ट ५ तारिखमा भारत सरकारले जम्मू तथा कश्मीरलाई दिइदैँ आएको विशेषाधिकार अन्त्य गर्दै जम्मू(कश्मीर राज्यलाई दुईवटा केन्द्र शासित क्षेत्र बनाउने निर्णय गर्दा पनि गोर्खाहरूले यस्तै खुसी व्यक्त गरेका थिए।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार नयाँ नियम अनुसार गोर्खासहित वाल्मिकी समुदाय र पश्चिमी पाकिस्तानी शरणार्थीहरूले अब जम्मू तथा कश्मीरमा स्थायी बासिन्दाको जस्तै अधिकार पाउने छन्।
नेपालभाषीलाई फाइदा
क्षेत्रीले नयाँ व्यवस्था अनुसार लिइने प्रमाणपत्रले गोर्खा समुदायलाई धेरै अधिकार दिने जानकारी दिइन्।
पहिले भारतको संविधानको धारा ३७० र ३५ ए ले जम्मू–कश्मीर राज्यलाई विशेष राज्यको मान्यता दिएका थिए।
त्यस्ता विशेषाधिकारमा उक्त राज्यलाई आफ्नो छुट्टै संविधान र झण्डा राख्ने अधिकार थियो भने त्यहाँ अन्य राज्यका मानिसहरूले अचल सम्पत्ति जोड्न, राज्यस्तरको सरकारी सेवामा प्रवेश गर्न र अध्ययनमा छात्रवृत्ति पाउँदैन थिए।
नेपालबाट जम्मू कश्मीरको सेनामा काम गर्न गएका र पछि उतै बसेका गोर्खाका सन्तानहरूले पनि त्यस्ता अधिकारहरूबाट वञ्चित हुनुपर्थ्यो।
तर अब नेपालीभाषीहरूले पनि जग्गा किनबेच गर्न, अचल सम्पत्ति जोड्न, राज्यस्तरका सरकारी सेवामा प्रवेश गर्न र अध्ययनका लागि छात्रवृत्तिका लागि सहभागी हुन पाउनेछन्।
क्षेत्रीले भनिन्, यो अधिकार पाएपछि अब हाम्रो बच्चाहरूले पनि राज्यको नोकरी गर्न सक्छन्। पहिले फौजमा मात्र जान पाउथे ।
काठमाण्डूका कश्मीरीहरू कश्मीरको अवस्थाले चिन्तित र त्रसित
कश्मीरमा अस्थिरता बढ्दा बाँकी विश्व किन चिन्तित हुन्छ
दुई सय वर्षदेखि बसोबास
जम्मूस्थित गोर्खा समुदायका नेताहरूका अनुसार हाल जम्मू–कश्मीरका विभिन्न स्थानमा हज्जारौँ गोर्खाहरू बसोबास गर्छन्।
अधिकांश गोर्खाहरू दुई सय वर्षदेखि आफ्ना पुर्खाहरू बसोबास गर्दै आएको दाबी गर्छन्।
पहिले कश्मीर उपत्यकासहित विभिन्न क्षेत्रमा छरिएर रहेका गोर्खाहरू अहिले भने जम्मूमा मात्र बसोबास गरिरहेको बताइन्छ।
गोर्खा समुदायका नेताहरूका अनुसार सन् १९६२ मा त्यहाँको राज्य सरकारले प्रत्येक गोर्खा परिवारलाई तीन मर्ला अर्थात् करिब ७६ वर्गमिटर जग्गा दिने निर्णय गरेको थियो।
त्यसक्रममा तवी नदीको किनारामा उनीहरूलाई जग्गा दिइएको थियो।
अखिल जम्मू तथा कश्मीर गोर्खा सभाकी अध्यक्ष करुणा क्षेत्री
त्यसबेला जम्मू–कश्मीरको विशेषाधिकारका कारण उनीहरूको नाममा जग्गा पास गर्न नमिल्ने भएकाले भाडामा दिइएको थियो।
जम्मूमा बसोबास गर्ने गोर्खाहरूलाई अब सरकारले आफूले भोगचलन गरिरहेको जग्गा आफ्नै नाममा गरिदिने आशा छ।
त्यस्तै अन्य पिछडिएको वर्गुका रूपमा विभिन्न अल्पसङ्ख्यकहरूलाई दिइँदै आएको आरक्षण र सुविधा पनि पाइएला भन्ने लागेको छ।
हाम्रा सन्तानहरू पनि पढेलेखेका छन्। उनीहरूले आरक्षण पाए धेरै कुरा गर्न सक्छन् क्षेत्री भन्छिन् ।
यसबारे हामी सरकारसमक्ष थप पहल गर्छौँ।
कश्मीरमा राजा महेन्द्रलाई भेटेपछि।।।
कश्मीरबारे काठमाण्डूमा पहिलो पटक प्रदर्शन
जम्मू–कश्मीरमा गोर्खा
जम्मूमा रहेका गोर्खाहरूको इतिहासबारे जानकारहरू र त्यहाँका गोर्खा समाजका अगुवाहरूका अनुसार त्यस क्षेत्रमा बसोबास गर्ने सबैजसोका पुर्खा सैन्य सेवाका क्रममा नेपालबाट त्यहाँ पुगेको बताउँछन्।
क्षेत्री भन्छिन्, हामीलाई कतिपयले करण सिंहको बिहेमा दाइजो ल्याइएको भनेर पनि भन्छन्। तर वास्तविकता त्यस्तो होइन, हाम्रो इतिहास दुई सय वर्ष पुरानो छ।
हाम्रा पुर्खाहरू त जम्मू तथा कश्मीरका राजा गुलाब सिंहकै पालादेखि यहाँ आएका हौँ।
जानकारहरूका अनुसार सुगौली सन्धिपश्चात् तत्कालीन नेपाली सेनामा रहेका बलभद्र कुँवरसहितका गोर्खा फौजका मानिसहरू पञ्जाबको तत्कालीन सिख शासकको सेनामा सहभागी भएका थिए । त्यसबेला जम्मु तथा कश्मीरमा पनि पञ्जाबका शासकले शासन गर्थे।
तर ब्रिटिश इस्ट इन्डिया कम्पनी र सिख शासकबीचको सन् १८४५÷४६ को युद्धपश्चात् डोग्रा वंशका गुलाब सिंहले अङ्ग्रेजसँग ७५ लाख भारतीय रुपैयाँमा किनेर जम्मू तथा कश्मीरमा आफ्नो शासन सुरु गरेका थिए।
त्यसक्रममा नेपालबाट सिख सेनामा भर्ना भएका गोर्खाहरू पनि गुलाब सिंहको सेनामा सामेल भएको भारतीय सेनाका अवकाशप्राप्त मेजर जेनेरल तथा हिस्ट्री अफ जम्मू एन्ड कश्मीर राइफल्स्, १८२०–१९५६ुका लेखक ब्रह्म सिंहले गत वर्ष टेलिफोनमा बीबीसीलाई बताएका थिए।
पछि जम्मूका डोग्रा शासकले राज्य विस्तार गर्दै हाल पाकिस्तानमा पर्ने गिल्गिट बाल्टिस्तानलाई समेत आफ्नो राज्यमा सामेल गरेको र पहाडी क्षेत्रको सुरक्षाका लागि गोर्खा फौजलाई खटाएको सिंह बताएका थिए।
ब्रिटिशहरूले गोर्खाको भर्ती गराउन थालेपछि राम्रा र बलिया गोर्खाहरू ब्रिटिश सेनामा गए भन्ने ठानेर जम्मू तथा कश्मीर राज्यले पनि आफैँ भर्ती गराउन सुरु गरेको थियो उनले आफ्नो पुस्तकमा लेखेका छन्।
त्यसपछि ब्रिटिश–इन्डियाको अनुमति लिएर गोरखपुरमा जम्मू तथा कश्मीरको सेनामा गोर्खा भर्तीका लागि छुट्टै केन्द्र पनि खोलियो ।
त्यसपछि नेपालमै आएर पनि गोर्खा भर्ती गरिएको इतिहास रहेको उनले जनाएका थिए ।
ब्रिटिश शासनका बेला ुप्रिन्स्ली स्टेटु रहेको जम्मू तथा कश्मीरका राजाको व्यक्तिगत सुरक्षामा पनि गोर्खा फौज खटिएको उनले लेखेका छन् ।
गोर्खाहरूलाई परिवार पनि लान दिइएको थियो,ू सिंहले गत वर्ष बीबीसीसँग भनेका थिए, त्यसै क्रममा उनीहरू जम्मू तथा कश्मीरको विभिन्न भागमा पनि बसोबास गरेका हुन ।
जम्मूस्थित गोर्खा समाजका नेताहरूका अनुसार त्यस क्षेत्रमा बसोबास गर्ने गोर्खाहरूबारे अनुसन्धान गर्दा अधिकांशका पुर्खा सैन्य सेवाबाटै आएको देखिन्छ ।

तपाईको प्रतिक्रिया

Related Posts

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
पहरा विशेष

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

1 hour ago
जी२० को अध्यक्षतामा भारत भुटानसहित दक्षिण एसियाका लागि गौरवको विषय: भुटानी मन्त्री
अन्तराष्ट्रिय

जी२० को अध्यक्षतामा भारत भुटानसहित दक्षिण एसियाका लागि गौरवको विषय: भुटानी मन्त्री

1 hour ago
संकटमा पाकिस्तानी लोकतन्त्र
अन्तराष्ट्रिय

संकटमा पाकिस्तानी लोकतन्त्र

1 hour ago
कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय
पहरा विशेष

कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय

1 day ago
लटिनाथ बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका कोट्टारी
पहरा विशेष

लटिनाथ बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका कोट्टारी

3 days ago
पाकिस्तान प्रशासित कश्मीर २-३ वर्षमा भारतको हिस्सा हुनेछ, हरियाणा मन्त्रीले भने
अन्तराष्ट्रिय

पाकिस्तान प्रशासित कश्मीर २-३ वर्षमा भारतको हिस्सा हुनेछ, हरियाणा मन्त्रीले भने

5 days ago

ताजा समाचार

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

1 hour ago
जी२० को अध्यक्षतामा भारत भुटानसहित दक्षिण एसियाका लागि गौरवको विषय: भुटानी मन्त्री

जी२० को अध्यक्षतामा भारत भुटानसहित दक्षिण एसियाका लागि गौरवको विषय: भुटानी मन्त्री

1 hour ago
संकटमा पाकिस्तानी लोकतन्त्र

संकटमा पाकिस्तानी लोकतन्त्र

1 hour ago
चिनियाँ चिप टाइकुन चाओमाथि भ्रष्टाचारको आरोप

चिनियाँ चिप टाइकुन चाओमाथि भ्रष्टाचारको आरोप

2 hours ago
डाक्टरलको लापरवाहीले गर्दा बच्चाको मृत्यु आ.ई.सि.यु मा ३ घण्टा राखी २४घण्टाको रूपयाँ लिने डक्टरको दबाब 

डाक्टरलको लापरवाहीले गर्दा बच्चाको मृत्यु आ.ई.सि.यु मा ३ घण्टा राखी २४घण्टाको रूपयाँ लिने डक्टरको दबाब 

8 hours ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

सम्पर्क कार्यालय: काठमाडौं-१० नेपाल
शाखा कार्यालय: मार्मा-४ दार्चुला
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]

कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : नरबहादुर पाल

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि