काठमाडौँ । विदेशमा अलपत्र परेका नेपालीलाई उद्धार गरिरहेको नेपाली वायुसेवा कम्पनी हिमालय एयरलायन्सका एक जना पाइलटमा कोरोना संक्रमण देखिएको छ । हिमायल एयरलायन्सका प्रशासन उपाध्यक्ष विजय श्रेष्ठका अनुसार, कोरोना पोजिटिभ देखिएका पाइलट मेक्सिकन नागरिक हुन् । उनी हाल बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालका निगरानीमा छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको श्रेष्ठले बताए ।
तपाईको प्रतिक्रिया