काठमाडौं– युरोपियन फुटबलको सर्वोच्च निकाय युइफएले च्याम्पियन्स लिगको क्वाटरफाइनल ड्र सार्वजनिक गरेको छ ।
कोराना भाइरसका कारण रोकिएको लिगमा पेरिस सेन्ट जर्मन ९पिएसजी०, लाइप्जिङ, एथ्लेटिको मड्रिड तथा एटलान्टाले क्वाटर फाइनलमा स्थान सुरक्षित गरिसकेका छन् भने चार टोलीको टुंगो लाग्न बाँकी छ ।
प्रि–क्वार्टरका बाँकी खेलमा म्यानचेस्टर सिटीले रियल मड्रिड, बार्सिलोनाले नापोली, ब्रायन म्युजिखले चेल्सी तथा जुभेन्टसले लियोनको सामना गर्नेछ ।
ड्र अनुसार क्वाटरफाइनल १मा म्यानचेस्टर सिटी तथा रियल मड्रिडबीचको विजेताले युभेन्टस तथा लियोनको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
क्वार्टर फाइनल २ मा लाइप्जिङले एथ्लेटीको मड्रिडलाई प्रतिस्पर्धीको रुपमा पाएको छ ।
क्वाटरफाइनल ३ मा बार्सिलोना तथा नापोलीबीचको विजेताले ब्रायन म्युनिख तथा चेल्सीबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछन् ।
क्वार्टरफाइनल ४ मा एटलान्टा तथा पेरिस सेन्ट जर्मन ९पिएसजी० आमने–सामने हुनेछन् ।
सेमीफाइनलमा क्वार्टरफाइनल १ को विजेताले क्वार्टरफाइनल ३ को विजेतसँग प्रतिस्पर्धा गर्दा क्वार्टरफाइनल २को विजेताले क्वार्टरफाइन ४को विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
तपाईको प्रतिक्रिया