—लोकनारायण सुबेदी
बिश्वमा सबैभन्दा पहिला अन्तरिक्ष छोड्ने र अध्ययन गर्ने कामको आरम्भ तत्कालीन समाजबादी सोभियत संघले गरेको थियो । सोभियत संघले छोडेको त्यो यानको नाम स्पूतनिक थियो र त्यसका बैज्ञानिक थिए यूरी गाग्रीन । त्यसपछि अरु बिकसित देशहरु पनि अन्तरिक्ष अभियानमा संलग्न हुन थाले । चन्द्रमामा पहिलो मानब पाइला टेकाउने काम गर्न संयुक्त राज्य अमेरिकाले सफलता पायो । त्यो अमेरिकी यानको नाम थियो अपोलो र त्यसका बैज्ञानिक थिए नील आर्म स्ट्रङ्ग । त्यसपछि त अन्तरिक्ष अध्ययन र अन्तरिक्ष यात्राको क्रम झन्झन बढ्दै गयो । अन्तरिक्षमा जाने कुरा कुनै देश बिशेषको प्रगतिको मापन गर्ने एउटा महत्वपूर्ण गौरब र बिकसित बैज्ञानिक हैसियत दर्शाउने माध्यम मात्र बनेन, यो त बैज्ञानिक मानब सभ्यताकै एउटा नबीन मोड पनि बन्न पुग्यो ।
यस क्रममा अहिले पछिल्लो समयमा त पृथ्वीबाट मंगल ग्रह तर्फ प्रस्थान गर्ने कुरा एउटा नियमित अभियान जस्तै बन्न थालेको छ । यसरी पृथ्बीबाट मंगल ग्रहतिर जाने अन्तरिक्ष यानहरुको संख्या निकै बढ्न थालको छ । केही साता अगाडि एउटा दुइटा मात्रै होइन तीन–तीन राष्ट्रले आफ्ना–आफ्ना अन्तरिक्ष यान मंगल ग्रहतिर पठाउन सफल भएका छन् । यसमा अमेरिका, चीन र संयुक्त अरब इमिरेट्स पनि पछिल्लो समय सामेल भएर अन्तरिक्षतिर आफ्नो पाइला चालेको छ ।
अन्तरिक्ष तर्फको दौडमा पिछडिएको मानिने गरेको एशियाका लागि संयुक्त अरब इमिरेट्सको यो अभियानलाई एशियाको गौरबको रुपमा पनि लिइदैछ । यद्यपि बैज्ञानिकहरु के भनिरहेका छन् भने मंगल ग्रहतिरको यो दौडा दौडको मूख्य कारण भनेको हामी बसेको पृथ्बी र मंगल ग्रह बीचको लगातार बद्लिने गरेको दूरी हो । आ–आफ्नो कक्षमा सूर्यको वरिपरी घुम्ने पृथ्बी र मंगल ग्रहहरु यस परिक्रमाको क्रममा कुनै बेला परस्पर नजिक आइपुग्दछन् भने कुनै बेला टाढा हुन पुग्दछन् । यो नजिक र टाढा हुने दूरी ५ करोड किलोमिटरदेखि ९ करोड किलोमिटर बीचको रहने गरेको छ । यसरी पृथ्बी र मंगल ग्रह सूर्यको वरिपरी आफ्नो कक्षमा घुम्ने क्रममा कहिले नजिक कहिले टाढा हुने गर्दछन् ।
त्यसैले, स्पष्ट हुन्छ कि पृथ्बीबाट मंगलतर्फ जाने कुनै पनि अन्तरिक्ष यानले यी दुइ ग्रह – पृथी र मंगल– का बीचको यो दूरी नजिक र टाढा हुने क्रमलाई ध्यानमा राखेर अन्तरिक्ष यान छोड्ने या पठाउने गर्दछन् । यसरी सबैभन्दा उपयुक्र सयम त्यही हुन सक्तछ जतिबेला मंगल ग्रह पृथ्वीको नजिक आइरहेको हुन्छ । तर यो पनि यानले सात महिना लगातार हिडेपछि मात्र त्यो सबैभन्दाकम दूरीबाट मंगल ग्रहसम्म पुग्दछ र त्यसैलाई सबैभन्दा कम दूरीको सेरोफेरोको बिन्दू मानिन्छ । पृथ्बीबाट एक पटक अन्तरिक्षमा उडेपछि यो समय २६ महिना पछि मात्र आउँदछ । त्यसैले गर्दा अहिले तीन देश – अमेरिका, चीन र संयुक्त अरब इमिरेट्सका – का अन्तरिक्ष यानहरु झण्डै झण्डै एकै समय मंगल ग्रहतर्फ रमाना भए । तर यी तीन देशको यो अन्तरिक्ष अभियानको उदेश्य र अर्थ पनि निकै नै बेग्ला बेग्लै रहेका छन् ।
भनिन्छ संयुक्त अबर इमिरेट्सका लागि यो अन्तरिक्ष अभियानको सबैभन्दा बढी भावनात्मक महत्व छ । किन पनि भने यो उसको पहिलो अन्तरिक्ष अभियान हो । अनि यसमा उ सफल भयो भने यस्तो अभियान चलाउने पश्चिमा एशियाको अरब इमिरेट्स पहिलो देश बन्न जान्छ नै त्यसका अतिरिक्त यस अभियानको पहिलो मुस्लिम राष्ट्र पनि हुन्छ । अर्को उसका लागि संयोग के पनि रहेको छ भने संयुक्त अरब इमिरेट्सलाई बृटिश साम्राज्यबादबाट स्वतन्त्रता प्राप्त भएको पचासौं बार्षिकोत्सब पनि यही बर्ष पर्दछ । त्यसैले पनि उसका लागि यो उपलब्धी यस बर्षका लागि निकै बिशेष उपलब्धी पनि बन्न जानेछ ।
अमेरिका र चीनको यो मंगल अभियानको यतिबेला कुनै भावनात्मक पक्ष रहेको रहेको वा जोडिएको देखिदैन । तर तिनको उदेश्य निकै नै गम्भीर महत्वको रहेका देखिन्छ । चीनको यो अभियाना आर्बिटर, ल्याण्डर र रोभर जस्ता यानहरु सामेल छन् जसले मंगल ग्रहको सतह, तिनले त्यस ग्रहको भित्री तहको र त्यस ग्रहमाथिको बातावरणको बारेमा पनि महत्वपूर्ण जानकारी जुटाउने छन् । अर्कोतिर अमेरिकाको नासा(अन्तरिक्ष अध्ययन केन्द्र) को त यो मंगल अभियनामा १.८ किलोग्रामको एउटा सानो हेलिकोप्टर पनि सामेल गरिएको छ । यस हेलिकोप्टरका सबै कुरा ठिकठाक रहे भने यो पृथ्बीबाट अन्य ग्रह पीण्डमा उड्ने सबैभन्दा पहिलो हेलिकोप्टर पनि बन्ने छ । अर्को यसको बिशेष कुरा के पनि छ भने पहिलनै मंगल ग्रहका लागि छोडिएको नासाको रोभर पर्सिभर्सलाई २०२६ को अर्को मिशनको माध्यमबाट पृथ्बीमा फिर्ता ल्याउने योजना पनि जोडिएको छ ।
बस्तुतः अहिले मंगल ग्रहमा मानब बस्ती बसाउने कुरा एउटा टाढाको काल्पनिक कुरा जस्तै लागिरहेको छ । अहिले त यो पृथ्बीमा कोरोनाबाट मारिनेहरुका लागि मंगल ग्रहमा स्वर्ग बनाउने भन्ने खालको ख्याल ठट्टा पनि चलिहरको छ मंगल अभियान र त्यहाँ मानब बस्ती बसाल्ने कुरा । तर बिज्ञान र प्रबिधिको प्रगतिलाई हेर्दा र केलाउँदा मंगल ग्रहतर्फको तीब्र बन्दै गएको अभियानलाई हेर्दा यो २१औं शताब्दीको अन्त्यसम्ममा मंगलमा मानब बस्तीको परिकल्पना यथार्थमा परिणत हुन नसक्ला भनेर ठोकुवा गर्न सकिदैन ।
तपाईको प्रतिक्रिया