– चन्द्रावती ठगुन्ना
ढुङ्गाको त मन नै हुँदैन अर्थात ढुङ्गाले त कसैको भावनाहरू पनि बुझ्न सक्दैन । तपाई एउटा ढुङ्गाको सामु हजारौं थोपा आँसु खसाल्नुहोस् तर त्यो ढुङ्गाले तपाईको निम्ती केही गर्न सक्दैन किनकी उ केवल एउटा निर्जिब बस्तु हो । जसले जहाँ लग्यो त्यही नै पुग्छ र जसले जहाँ राख्यो त्यही नै राखिन्छ ।
के तपाईले देख्नुभएको छ एउटा सजिब बस्तुले पनि कहिलेकाहीँ निर्जिब भएजस्तो व्यवहार गर्दछ । त्यस्तै कुरा गर्ने हो भने मान्छेको कोमल मन नै कहिलेकाही ढुङ्गा जस्तो बन्दै जान्छ तर त्यो केवल परिस्थितिले गराउछ ।
कुनै-कुनै प्रेमको गहिराइमा डुबेको मान्छेको लागी जिन्दगी नै बिवसताले भरिएको हुन्छ । उ हरपल तड्पिएर बाचिरहेको हुन्छ । तर उ केवल प्रेमबिना बाच्न नै सक्दैन र हरपल प्रेमको प्राप्तीमा लागिरहेको हुन्छ तर जब परिस्थिति र बाध्यताको बिवसताले उसलाई प्रेमबाट सधैका लागी टाढा पुर्याउछ । तब उसलाई प्रेमको पीडा महसुस हुन जान्छ र उसले यस्तो निर्णय गर्छ कि सधैं सधैंका लागि माया प्रेम नै त्यागी दिन्छ । अर्थात उ माया प्रेमबाट टाढिन चाहन्छ । त्यसले कसैको भावना सुन्दैन र जान्न चाहन्न किनकी उसको भावना त कसैले नै बुझेको हुदैन ।
प्रेममा हरेक मान्छेहरू तगारो बनेका हुन्छन् त्यसैले हरेक मान्छेप्रति उसको विश्वास नै उठ्छ र उसले कसैलाई पनि बिश्वास गर्दैन । एकदिन उसको मन नै सबैलाई यस्तो महसुस हुन्छ कि त्यो मान्छे हो वा ढुङ्गा हो छुट्याउनै गाह्रो पर्दछ । त्यसकारण बिवसता नै त्यो परिस्थिति हो जसले मान्छेको मन ढुङ्गा नभएपनि ढुङ्गाजस्तो नै महसुस गराउछ ।
तपाईको प्रतिक्रिया