Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त प्रधानमन्त्री ओली
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

फेसबुक लाइभ गर्दै आत्महत्या गर्ने प्रवृतीको अन्त्य गर्न युवाहरु सचेत हुनैपर्छ


फेसबुक लाइभ गर्दै आत्महत्या गर्ने प्रवृतीको अन्त्य गर्न युवाहरु सचेत हुनैपर्छ

-निशा तामाङ

आत्महत्या गर्नु आफैमा एक अपराध हो, त्यही पनि आत्महत्या गर्नेको संख्या रोकिएको छैन । आत्महत्याको घटना दिनानुदिन बढ्दै गइरहेको छ । बढ्दै गएको लकडाउन र युवा युवतिहरुमा बढ्दै गएको नैराश्यताका कारण पनि आत्महत्या गर्नेको संख्या पछिल्लो केही महिनामा झन बढेको देखियो ।  पछिल्लो समय आत्महत्याको नयाँ शैली सामाजिक सञ्जाल फेसबुकमा लाइभ गरेर आत्महत्या गर्ने संख्या बढ्दै गएको छ ।  हालैमात्र चितवनमा एकजना युवतीले आत्महत्या गरेकी छन् । त्यसको केही दिनअघि दाङमा पनि त्यस्तै घटना भएको थियो । गत वर्ष चर्चित पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणले ठूलै तहल्का मच्चाएको थियो । यसबाट झ्न क्रमशः रुपमा यस्ता घटना घटेको बढी मात्रामा देखिन्छ । 

दुई हप्ता नबित्दै दुई जनाले फेसबुक लाइभ गरेर आत्महत्या गरेका छन् । फेसबुकबाट आत्महत्या गर्न लागेको सूचना जारी गर्दै आत्महत्या किन गर्छन् ? यो गम्भीर प्रश्न खडा भएको छ ।  नेपाल प्रहरीको तथ्यांक अनुसार लकडाउनको ६७ दिनको अवधिमा ११ सय भन्दा बढीले आत्महत्या गरेका छन् ।

आफ्नो जीवन आफैले हत्या गरेर समाप्त गर्नु अर्थात आत्महत्या कसरी गर्न सक्छन् ? आखिर मानिस आत्महत्या किन गर्छन् ? प्रकृतिले दिएको जीवन समाप्त गर्न ‘आत्महत्या गर्छु’ भन्ने सोच कसरी बनाउन सक्छन् ? 

मानिसको इतिहासकालको परम्परागत जीवनशैली परिवर्तनदेखि अहिलेको आधुनिकिकरणको युगसम्म आइपुग्दा जीवन बोझ लागेर आत्महत्या गर्नेको विकासक्रम पनि बढ्दै गएको छ । प्रविधि विकासले आधुनिक जीवनयापन सहज बनाउँदै गएको छ ।  जति जीवनयापन सहज बनेको छ त्यति नै मात्रामा मानिसमा जीवन प्रति मोह घट्दै गएको पाउन थालिएको छ । मानिस यहि प्रविधिकै दुरुपयोग गरिरहेका छन् । मानिस गरिबीका कारण, जीवनमा सफल नभएका कारण, समाजमा बेइज्जत हुने, बस्न नसक्ने, अरुको हेपाई र डरका कारण पनि आत्महत्याको बाटो रोज्ने प्रवृति बढ्दै गएको पाइन्छ । 

मानिस त्यसै आत्महत्या गर्दैन । प्रत्येक आत्महत्याका घटना खास कारणले हुन्छन् । कहि कतै दबाबका कारण त कतै प्रभावका कारण आत्महत्या हुने गरेका पाइन्छन् । सामाजिक, आर्थिक र सांस्कृतिक कारणले पनि मानिसले आत्महत्या गर्ने गर्दछन् । आत्महत्याका कारणहरूमा डिप्रेसन, दीर्घरोग, इच्छा पुरा गर्न नसक्नु, दबाब, असफल वैवाहिक जीवन, असफल प्रेम आदि छन् । निको नहुने वा उपचार हुन नसक्ने रोग लागेर पनि आत्महत्या हुने गरेका छन् । पुरुष भन्दा अझ बढी महिलाहरूमा आत्महत्या गर्ने संख्या बढेको पाइन्छ । इज्जत लुटिँदा, ज्यादै अपमानित हुनु पर्दा, आर्थिक हानी नोक्सानी र प्रेममा असफल हुँदा पनि आत्महत्या भएका छन् । मानिसक समस्याको कारण पनि आत्महत्या गर्ने गरेको पाइन्छ ।

आत्महत्या गर्नुका कारण जति पनि छन् त्यो भन्दा आत्महत्या गर्ने तरिका पनि त्यति नै फरक फरक रहेको पाइन्छ । आत्महत्या कोही पासो लगाएर मर्छन् , कोहि विष सेवन गरेर मर्छन् , कोही नदिमा हामफालेर आत्महत्या गर्ने गर्दछन् । यस्तैमध्ये अहिले आत्महत्याको नयाँ शैली प्रविधिको दुरुपयोग गर्दै गर्ने गरेको पाइन्छ । आफ्नो जीवन आफै समाप्त पार्न मानिस अनेक उपाय लगाएर आत्महत्या गर्ने गर्दछन् । आत्महत्याको भावनाले धनी गरिब केही नभनी आत्महत्या गर्न उत्प्रेरित रहेको पाइन्छ ।

आत्महत्या गर्नेले कसैको बारेमा केही नसोचि आत्महत्या गर्छन् । आफ्नो बारेमा, परिवारको खुशीको बारेमा सोचेर सबै दुःख पीरको अन्त्य गर्न आत्महत्या गरेको पाइन्छ । आत्महत्या गर्दा दुःख टर्ने भन्ने सोचले आत्महत्या त गर्दा हुन्, तर त्यो आत्महत्याले परिवारमा कति पीडा हुन्छ ? आत्महत्या गर्नेले यो विषयमा नसोचेको हुनसक्छ । धेरैजसो आत्महत्याको घटना मानसिक बिरामीबाट हुने गरेको पाइन्छ । नेपालमा आत्महत्या गर्नेमध्ये करिब ८० प्रतिशत मानसिक रोगी नै पाइएका छन् । यसबाहेक गलत आरोपलाई सहन नसकेर पनि आत्महत्या हुने गरेका पाइन्छन् । आत्महत्या यस्तो भयावह समस्या बन्न पुगिरहेको छ कि यसको नियन्त्रणको पनि उपाय देखिदैन । आत्महत्या जघन्य अपराध हो तर यो अपराध गर्नेलाई सजाय गर्न सकिदैन ।

घरको कमजोर आर्थिक अवस्था अथवा घर–परिवारबाट छुट्टिनु पर्दाको पीडाले पनि मानिसहरू आत्महत्याको सिकार बन्दै गएका छन् । विशेषगरी वैदेशिक रोजगारीमा गएका युवा युवती तथा पढ्नका लागि गएका विद्यार्थीहरूमा पनि आत्महत्या गर्ने क्रम बढ्दो छ । यो झनै ठूलो समस्या हो । पढाईमा असफलता सामान्य कुरा हो, तर पढाईको असफलताले मानिसलाई मर्न समेत उत्प्रेरित गर्छ भने पढाईको बारेमा पनि गम्भीर बन्नु जरुरी छ ।

आत्महत्याको सोच कतिबेला आउँछ बुझ्न गाह्रो छ । एकछिन अघि संगै बोलेको हाँसेको मान्छे केही क्षणमै आत्महत्या गरेको घटना बाहिर आउने गरेका छन् । यसअर्थमा आत्महत्या नियन्त्रण कसरी गर्ने भन्ने सवाल महत्वपूर्ण हुन आउँछ । सामाजिक चेतना नै आत्महत्याबाट बच्ने र बचाउने सबैभन्दा प्रभावकारी र आत्महत्या नियन्त्रण गर्ने उत्तम उपाय हो । सामाजिक संजालको सहि सदुपयोग गर्न आवश्यक छ । फेसबुक लाइभ गरेर आत्महत्या गर्ने प्रवृतीको अन्त्य गर्न जरुरी छ । यसका लागि सबै युवाहरु सचेत हुनैपर्छ । 

Tags: Nisha Tamangनिशा तामाङ

तपाईको प्रतिक्रिया

Related Posts

सस्तो, र भरपर्दो स्वास्थ्य सेवा दिँदै नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल
पहरा विशेष

सस्तो, र भरपर्दो स्वास्थ्य सेवा दिँदै नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल

47 mins ago
मेडिकल कलेजले स्थापना कालदेखि नै धेरै नागरिकको ज्यान बचाएको छ–गौडेल
पहरा विशेष

मेडिकल कलेजले स्थापना कालदेखि नै धेरै नागरिकको ज्यान बचाएको छ–गौडेल

2 days ago
कोहलपुरको चिनारी नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल
समाचार

कोहलपुरको चिनारी नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल

3 days ago
रोटराक्ट क्लब अफ नेपालगन्ज मेडिकल कलेजको सुर्याेदय मा.वि.मा प्रोजेक्ट “पवित्र” सम्पन्न
पहरा विशेष

रोटराक्ट क्लब अफ नेपालगन्ज मेडिकल कलेजको सुर्याेदय मा.वि.मा प्रोजेक्ट “पवित्र” सम्पन्न

3 days ago
अस्पतालकै कारण दश बिगाहमा बजारको माहोल बन्यो, राधा गौतम
पहरा विशेष

अस्पतालकै कारण दश बिगाहमा बजारको माहोल बन्यो, राधा गौतम

5 days ago
शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग
पहरा विशेष

शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग

1 week ago

ताजा समाचार

सस्तो, र भरपर्दो स्वास्थ्य सेवा दिँदै नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल

सस्तो, र भरपर्दो स्वास्थ्य सेवा दिँदै नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल

47 mins ago
मेडिकल कलेजले स्थापना कालदेखि नै धेरै नागरिकको ज्यान बचाएको छ–गौडेल

मेडिकल कलेजले स्थापना कालदेखि नै धेरै नागरिकको ज्यान बचाएको छ–गौडेल

2 days ago
कोहलपुरको चिनारी नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल

कोहलपुरको चिनारी नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल

3 days ago
रोटराक्ट क्लब अफ नेपालगन्ज मेडिकल कलेजको सुर्याेदय मा.वि.मा प्रोजेक्ट “पवित्र” सम्पन्न

रोटराक्ट क्लब अफ नेपालगन्ज मेडिकल कलेजको सुर्याेदय मा.वि.मा प्रोजेक्ट “पवित्र” सम्पन्न

3 days ago
अस्पतालकै कारण दश बिगाहमा बजारको माहोल बन्यो, राधा गौतम

अस्पतालकै कारण दश बिगाहमा बजारको माहोल बन्यो, राधा गौतम

5 days ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

कार्यालय: काठमाडौं-१० नेपाल
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]
संचालक/संवाददाता
:
धिरज सिंह बिष्ट
कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : लक्ष्मी जैसी घोडासैनी

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि