दाङ । कोभिडको महामारिमा राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले गरिरहेको कोभिड ब्यबस्थापन बारे कर्णालि स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लाको टाेलि प्रतिष्ठानले आज अबलोकन गरेको छ । कोभिड ब्यबस्थापनकोक्रममा राप्ती प्रतिष्ठानले गरेको चिकित्सक, स्वास्थ्यकर्मिको ब्यबस्थापनसहित अस्पतालको सेवा प्रबाहको बारेमा कर्णालि स्वास्थ्य बिज्ञान प्रतिष्ठानकि उपकुलपती डा.मंगल रावल र प्रदेशको स्वास्थ्य निर्देशक डा. रबिन खड्कालाई राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानकि उपकुलपती प्राडा संगीता भण्डारी र अस्पताल निर्देशक डा.प्रज्ञा बस्नेत, सहायक निर्देशक डा. एन्जेलिका कार्किले जानकारी गराउनु भएको थियो ।
कोभिड महामारीमा प्रतिष्ठानले राम्रो काम गरेकाले आफुहरु यहाको अबस्थासहित प्रशासनिक सुधारका लागि सुझाबसहित अबलोकन गरिएको कर्णालि स्वास्थ्य बिज्ञान प्रतिष्ठानको उपकुलपती रावलले बताउनु भयो । राप्ती प्रतिष्ठानको उपकुलपती भण्डारि आफ्नो गुरु आमा भएकाले उहाले गरेको कोभिड ब्यबस्थापन र अस्पतालको जनशक्तिसहित सेवा प्रबाह बारे खुसी प्रकट गर्दै यस्तो कोरोनाको बिषम परिस्थीतिमा दिनरात नभनि चिकित्सक, नर्श, स्वास्थ्यकर्मि र कर्मचारि खटेकोमा धन्यवाद दिनु भयो । उहाले दुई महत्वपुर्ण ठुला स्वास्थ्य सस्था बिच एकअर्काले गरेको राम्रो कामको आदानप्रदान गर्न यस्ता अबलोकन कार्यले सहयोग पुग्ने बिश्वास ब्यक्त गर्नु भयो ।
उहाले आफु कर्णालि स्वास्थ्य प्रतिष्ठानको अस्पताल निर्देशक भएर काम गरेको अनुभब रहेकाले अहिले सस्थाको नेतृत्व गर्दा धेरै सहयोगि भएको भन्दै अघिल्लो आबमा मात्रै ६८ करोडको भौतिक पुर्बाधारको काम गरेको र अहिले १ अरब बजेट माग गरेकाले त्यो बजेट आएमा प्रतिष्ठानलाई अझै राम्रोसंग सन्चालन गर्न सहयोग पुग्ने बताउनु भयो । सरकारले अत्यन्तै राम्रो सहयोग गरेको भन्दै रावलले प्रतिष्ठानको सेवा चुस्त, दुरुस्त राख्दै भौतिक पुर्बाधार बलियो बनाएर लगेकै कारण करिब ९ बर्षको बिचमा प्रतिष्ठानको शैक्षिक कार्यक्रम र ३ सय बेडको पुर्बाधारसहितको अस्पताल बनाइएको र यतिले मात्रै नपुग्ने उल्लेख गर्नु भयो ।
उपकुलपती भण्डारि आफैमा महिला भएर राम्रो नेतृत्व गर्नु भएकोमा धन्यवाद दिदै सबैको सहयोगसंगै पुर्बाधार ब्यबस्थापन भएको प्रतिष्ठानको अस्पताल सेवा र शैक्षिक कार्यक्रमलाई सहजरुपमा अघि बढाउन सहयोग पुग्ने उहाले बताउनु भयो । शैक्षिक कार्यक्रम चलाउन मेडिकल काउन्सीलका आधारभुत प्रकृया पूरा गर्नैपर्ने भएकाले यो कुरामा सबैले ध्यान दिनुपर्ने उहाले उल्लेख गर्नु भयो । उहाले दुई सस्थाबिच आपसि सौहार्दपुर्ण सम्बन्धमा एकअर्कालाइ समन्वय र सहकार्य गर्दै जाने कुरा भएको प्रदेशको स्वास्थ्य निर्देशक डा. रबिन खड्काले बताउनु भयो । सो अवसरमा राप्ती प्रतिष्ठानकि उपकुलपती प्राडा संगीता भण्डारीले कोभिडको ब्यबस्थापनको बारेमा राप्ती स्वास्थ्य प्रतिष्ठानले गरेको कामको अबलोकन गर्न जुम्लाको कर्णालि स्वास्थ्य बिज्ञान प्रतिष्ठानको उपकुलपतीको टाेलि आएर हौसला प्रदान गरेको बताउनु भयो ।
कोभीड ब्यबस्थापन अन्तरगत कोभिड/नन कोभिडको उपचार ब्यबस्थापन, अस्पतालको जनशक्ति ब्यबस्थापन लगाएत सबै कुराको उक्त टाेलिले अबलोकन गरेको र यहाको प्रशासनिक सुधारको पक्ष र राम्राकुराहरु जुम्ला स्वास्थ्य प्रतिष्ठानमा पुगेर कार्यान्वयन गर्ने प्रतिबद्धा जनाएको भन्दै यस्ता अबलोकन कार्यले आउदा दिनमा सस्थागतरुपमा सेवा आदानप्रदानसंगै समन्वय र सहकार्यमा सहयोग पुग्ने बिश्वास ब्यक्त गर्नुभयो । दाङको राप्ती र जुम्लाको कर्णालि स्थापनाकै चरणमा रहेकाले आपसमा सहकार्य गर्दै जानुपर्ने उहाको भनाइ थियो । सस्थालाइ राम्रो बनाउन भौतिक पुर्बाधारलाई बलियो फाउण्डेसन तयार गर्दै अस्पतालको सेवा प्रबाहलाई नै बिशेष प्राथमिकता दिनुपर्ने बताउनु भयो ।
तपाईको प्रतिक्रिया