दार्चुला । नेपाली काग्रेसकी नेतृ डा. आरजुराणद्वारा दार्चुलामा स्वास्थ्य सामाग्री बितरण गरिएको छ ।
सुदूर पश्चिम सार्वजनिक लेखा समितिकी संयोजक तथा दार्चुलाकी काँग्रेस नेतृ कुमारी नन्दा बम मार्फत स्वास्थ्य सामाग्री बितरण गरिएको हो ।
सुरक्षित मतृत्व संजाल महासंघ नेपालकी अध्यक्ष समेत रहेकी काँग्रेस नेतृ डा. राणाको पहलमा जिल्लाको चार वटा बर्थिग सेन्टरमा सो स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।
जसमा दुहु गाउँपालिको हिकीला बर्थिग सेन्टर, मर्मा गाँउपालिकाको लटिनानाथ बर्थिग सेन्टर, शैलेसिखर गाउँपालिको ग्वानी बर्थिङ्ग सेन्टर र जिल्ला अस्पताल दार्चुको बर्थिग सेन्टरमा स्वास्थ्य सामाग्री बितरण गरिएको सुदूर पश्चिम सार्वजनिक लेखा समितिकी संयोजक तथा दार्चुलाकी काँग्रेस नेतृ कुमारी नन्दा बमले जानकारी दिईन् ।
नेपाली कांग्रेसकी नेतृ,सुरक्षित मातृत्व संजाल महासंघकी केन्द्रीय अध्यक्ष एंव बरिष्ठ सामाजिक अभियन्ता डा.आरजु राणा देउवाले सुदूरपश्चिममा ३३ लाख बराबरको कोरोना स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।
सूदूरपश्चिमका जनतालाई कोरोना भाईरसको संक्रमणबाट बचाउनका लागि विभिन्न समयमा सदूरपश्चिमका ९ जिल्लाका जिल्ला अस्पताल र स्वास्थ्य केन्द्रमा रहेका ५७ वटा प्रसुति गृहलाई ३३ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग गर्नुभएको हो ।
कोराना भाईरसको संक्रमणबाट बचाउन र प्रसुती गृहमा रहेका गर्भवती र सुत्केरी महिला एंव नवजात शिशुको स्वास्थ्यलाई मध्येनजर गर्दे स्वास्थ सुरक्षामा विशेष सहयोग पुगोस भन्ने उद्धेश्यले उक्त स्वास्थ सामाग्री हस्तान्तरण गरिएको काग्रेस नेतृ एवं संजालकी अध्यक्ष डा.आरजु राणा देउवाले बताउनुभयो । उहाँले भन्नुभयो स्वास्थ सामाग्रीले कोरोना भाईरस संक्रमणबाट वच्न र अन्य जोखिम न्युनिकरणमा प्रसुति गृहमा रहेका गर्भवती, सुत्केरी र नवजात शिशुलाई प्रत्यक्ष टेवा पुग्नेछ ।
सुदूरपश्चिम भरी हस्तान्तरण गरिएको स्वास्थ सामाग्रीहरुमा पिपिई १६८ सेट,सेनिटाईजर २४९ लिटर ,थरमल गन ५७ वटा,पन्जा १४१०० पिस,पेपर मास्क ११,४०० पिस,एन ९५ मास्क ६४२ पिस,हातधुने साबुन १५९० वटा,स्यानेटरी प्याड ५४७२ वटा र फिससिल्ड १६८ वटा,बुट ४० वटा र सिटामोल र मेट्रो ५२०० वटा रहेका छन् ।
सूदूरपश्चिममा कोरोना संक्रमण र स्वास्थ सुरक्षा संवेदनशीलतालाई मध्येनजर गर्दे डाक्टर आरजुले सुदूरपश्चिममा स्वास्थ्य सामाग्री र सुत्केरीलाई पोषणयुक्त खाद्य सामाग्री,क्वारेन्टीनमा रहेका मानिसलाई हाईजेनिक किट सामाग्री निरन्तर प्रदान गर्दे आईरहनु भएको छ ।
तपाईको प्रतिक्रिया