काठमाडौं । नेकपा एमाले बोलाएको संसदीय दलको बैठकमा माधव नेपाल पक्ष नजाने भएको छ।
सरकारबाट बाहिरिएपछि पहिलोपटक संसदीय दलका नेता केपी शर्मा ओलीले शुक्रबार बैठक बोलाएका छन्। नेपाल पक्षका सांसद तथा केन्द्रीय सदस्य मेटमणि चौधरीले बैठकमा नजाने सल्लाह भएको जानकारी दिए।
पुनःस्थापित संसदमा एमालेको भूमिकाबारे छलफल गर्न बैठक बस्न लागेको प्रमुख सचेतक विशाल भट्टराईले बताए। बैठकमा नेपाल पक्षका सांसदलाई पनि खबर गरिएको उनले जानकारी दिए।
तपाईको प्रतिक्रिया