काठमाडौं। नेकपा महासचिव नेत्र बिक्रम चन्द विप्लवले आफूहरुलाई सकियो भन्नेहरुलाई चुनौती दिएका छन् । बुधबार पूरानोबानेश्वरस्थित ग्लोबल कलेजमा उनी आफैँले लेखेको ‘रेड फ्रन्ट’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै आफूहरुलाई सकियो भन्नेहरुलाई चुनौती दिँदै समाजवादको कल्पना पूरा नभएसम्म आफूहरु विद्रोहमै रहने उनले बताए ।,
‘हामी वैज्ञानिक समाजवाद चाहन्छौँ । हामीलाई सिधिन्छौ भन्थे आज यो स्थितिमा छौँ । पुँजीवादले मानव जातीलाइ राम्रो कुरा दिन सकेन । पुजीवादले काम चल्दैन । ज्ञान एकलौटी हुन्न सबैबाट लिनु पर्छ । पुँजीवादले नपुगेपछि वैज्ञानिक समाजवाद अगाडि ल्याइएको हो । राजनीतिमा दलालीकरण भएको छ ।’ समाजवादकै विचार पुर्याउनका निम्ति यस्ता किताबहरुको प्रकाशन गरिएको पनि उनले बताएका छन् । उनले जसरी हुन्छ दालल पुँजीवादलाई परास्त नगरी समाजवादमा पुग्न नसकिने पनि बताए । ‘
समयमा फूलहरुलाई जोगाएन भने फूल झर्छ । त्यसैले यस्ता कार्यक्रमको आयोजना गरिएको हो । गलत कुरामा हामीले विद्रोह गरेका हौँ । राजनीतिमा हामीले जे बुझेको छौँ त्यसलाई अगाडि लिएर जानुपर्छ । कुर्सीको लागि देशलाई डुबाउने जस्ता काम भएका छन् । दलाल पुँजीवादलाई परास्त गर्नु पर्छ ।
झुपडीमा बसेर किसानसँग समाजवाद पढिँदै छाै । आकासमा नाचेर समाजवाद आउँदैन । जमिनमा दुख गर्नु पर्छ ।’ त्यसैले विप्लवका अनुसार अब हुने भनेको एकीकृत जनक्रान्ति हो । उनले भने, ‘समाजवाद व्यवस्थाको विकल्प छैन । जनताले खान पाउनु पर्छ । पढ्न पाउनु पर्छ । यस्को सबै जिम्मा राज्यले लिनुपर्छ । मिडिया दलालीकरणबाट बच्नु पर्छ ।’ समाजवाद नआएसम्म आफूहरुको विद्रोह जारी रहने विप्लवको अडान छ ।
तपाईको प्रतिक्रिया