-जय प्रकाश बगाले
कोरोना भाइरस (कोभिड १९) को कारणले अाज बिश्व आक्रान्त भइरहेको छ । दिनहुँ मृत्यु हुनेको संख्या बढ्दै गएको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस नियन्त्रण पुर्ण रूपमा हुन सकेको छैन । कोरोना भाइरस संक्रमणबाट वचन विश्वभर लकडाउन नै एक उपयुक्त माध्यम मानेर विभिन्न मुलुकले लकडाउन जारी गर्यो । लकडाउनले धेरै मुलुक सुरक्षित समेत भए तर विकासोन्मुख हाम्रो देश भने लकडाउनले नराम्रो संग प्रभावित बनेको छ । लकडाउन नेपालमा निरर्थक सावित भएको छ । कोरोना भाइरसबाट सुरक्षित हुन गरिएको लकडाउन हुँदै संक्रमितको संख्य झन झन बढेको हो । चैत ११ गतेदेखि गरिएको लकडाउन अवधिभर झन सबै सुरक्षित हुनुपर्नेमा झन बढ्दै जाँदा लकडाउन नेपालमा निरर्थक सावित भएकै हो ।
चैत ११ देखि बढ्दै गएको लकडाउन साथै लकडाउनसंगै बढ्दै गएको कोरोना संक्रमितको संख्याले पनि लकडाउन गरेको केही उपलब्धि नरहेको प्रष्ट देखिन्छ । कोरोनाको संक्रमणको असर भन्दा बढी लकडाउनले गर्दा रोग भन्दा भोक ठुलो भन्ने सम्मको सोचाईले पनि लकडाउन भएर पनि लकडाउन निरर्थक बनेको हो । यसको प्रतिफल आज लकडाउन जारी रहे पनि आम मानिसहरु आफ्नो रोजिरोटी गुजारा गर्न बाहिर निस्किएर हिंड्ने गरेका छन् । रोगको डर त छदैछ तर रोग भन्दा भोक ठुलो लागेपछि लकडाउनको प्रयास नेपालमा असफल भयो भन्न सकिन्छ । कोरोना भाइरसको उपचार हुने संकेत आजको दिनसम्म नदेखिएको अवस्थामा लकडाउन जारी राखेर आर्थिक मारमा पर्ने खतरा पनि त्यतिकै मात्रामा बढेको महसुस गरि लकडाउन सहज बनाउदै लगिएको छ ।
विज्ञान र प्रबिधिको क्षेत्रमा ठुलो फड्को मारेका र मेडिकल साइन्समा अब्बल ठहरिएका बिकसित मुलुकहरू समेत यसबाट हायलकायल भइरहेका छन । अब विश्वबाट कोरोना भाइरस नहट्ने बरु मानबजातिले यो सँगसँगै बाच्न सिक्नुपर्ने कुरा बिश्व स्वास्थ्य संगठनले भनिसकेको छ । बिश्वमा बिभिन्न समयमा विभिन्न तरिकाले फैलिएका बिभिन्न किसिमका महामारी भन्दा यो फरक र घातक पनि छ । मानब जातिको अस्तित्वलाई नै धरापमा पार्ने गरी मानब सृष्टिमा फैलिएको यो माहामारी मानब जातिले सहजै पन्छाउन नसक्ने पक्का पक्कि छ । चिनको बिहान सहरबाट फैलिएको यो भाईरस संख्यात्मक रुपमा एक दुइ गर्दै आजा बिश्वमा ६० लाख नाघिसकेको छ । सुरुवाति दिनहरुमा चिनमा फैलिदै गर्दा चिनियाँ भाइरस, बुहान भाईरस भन्दै गिज्याएका अमेरिका तथा युरोपियन राष्ट्रहरु आज आफै सिथिल बन्दै गइरहेका छन् । चिनमा भाइरस नियन्त्रणको नजिक पुगिरहदा युरोप, अमेरिका लगायत थुप्रै मुलुकहरू आक्रान्त छन । जसबाट नेपाल पनि अछुतो रहन सकेन । छिमेकि मुलुक भारतमा तिव्र रुपमा फैलिरहेको हुदा नेपालको खुल्ला सिमानाका कारणले नेपालमा पनि उच्च जोखिम बढेको हो । आजको यो बिध्वंस, आर्थिक, भौतिक तथा मानबिय क्षति भन्दापनि भविश्यमा मानब जातिको अस्तित्व कायम गर्नेतर्फ चुनौती थपिदै गएको छ ।
विश्वव्यापी रुपमा कोरोना भाइरस (कोभिड १९) फैलदै गर्दा आजभन्दा ३ महिना अघिसम्म नेपालको कोरोना भाइरसको संक्रमण भेटिएको थिएन । संक्रमण फैलने डरले सरकारले देसैभरि लकडाउन गर्यो । संक्रमण रोकथामका अन्य बिभिन्न उपायहरु पनि थिए तर सरकारले सजिलो उपाय लकडाउन नै रोज्यो । तर सरकारले गरेको कोरोना नियन्त्रण तर्फ लकडाउन बाहेक अन्य खासै प्रगति देखिएन अर्थात कोरोना नियन्त्रण भन्दा पनि देखाउने रणनीति देखिन्छ । नियन्त्रणको नाममा स्वास्थ सामाग्री खरिद भन्दै भ्रष्टाचार चाहिँ गर्ने गतिलो माध्यम चाहिँ बन्यो । संक्रमणको संख्या बढ्दै जादा परिक्षणको दायरा बढाउन सकिदैंन भने ३ महिना लकडाउन गर्नुको के अर्थ ? सरकारले न लकडाउनको कारणले बिचल्लीमा परेका नागरिकहरुको उद्दार गर्न सक्यो, न त भोकभोकै मर्नेहरुको भोक रोक्न सक्यो, न त कोरोना नियन्त्रण गर्न सक्यो । निरर्थक लकडाउनले कोरोना नियन्त्रण गर्न सफल भएन तर व्यापार व्यवसायीहरुलाई नराम्रो संग आर्थिक मारमा चाहिँ पार्न सफल भयो । निरर्थक लकडाउनबाट प्रभावित सबै क्षेत्रलाई सरकारले अब कोरोना कोषबाट राहत दिनुपर्छ । ३ महिनासम्म गरिएको लकडाउनले पीडित जनताको उद्दार गर्नुपर्छ ।
तपाईको प्रतिक्रिया