लोकतान्त्रिक समाजवादी पार्टी नेपालले असोज ३ गते विरोध कार्यक्रम गर्ने भएको छ । लोसपाका अध्यक्ष महन्थ ठाकुरले असोज ३ गते जारी भएको संविधान जारी भएको दिनमा विरोध कार्यक्रम गर्न जिल्लास्थित पार्टीलाई सर्कुलर जारी गरेका हुन् ।
संविधानमा आफ्ना असहमति राखेर लोसपाले सङ्घर्ष गर्दै आइरहेको छ । सङ्घर्षको क्रममा कैयौँले सहादत प्राप्त गरेको उल्लेख गर्दै अध्यक्ष ठाकुरले अपूर्ण रहेको संविधानमा संशोधन गरी आफ्ना माग मुद्दाहरू सम्बोधन गर्न प्रत्येक वर्ष विरोध कार्यक्रम गर्दै आएको बताएका छन् ।
असोज ३ का दिन आआफ्नो जिल्ला, पालिका, क्षेत्र, वडाहरूमा कोभिड–१९ लाई मध्यनजर गर्दै आफूलाई अनुकूल हुने खालका कोणसभा, आमसभा, जनप्रदर्शन, अन्तरक्रिया, विचार गोष्ठी, ब्ल्याक आउट जस्ता कार्यक्रम आयोजना गरी असोज ३ गतेलाई विरोध गर्न उनले आग्रह गरेका छन् । रातोपाटि
तपाईको प्रतिक्रिया