धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक बिकास मन्त्री लाल बहादुर खड्का र राज्य मन्त्री मना साउदले स्वाथ्य क्षेत्रका विभिन्न स्थानको अनुगमन गरेका छन् । शनिबार धनगढी राजपुर स्थित आयुर्वेदिक चिकित्सालय, सेती प्रादेशिक अस्पताल र त्रिनगर भन्सार स्थित होल्डिङ सेन्टरको भौतिक निर्माणको अनुगमन गरेका हुन ।
प्रादेशिक आयुर्वेदिक चिकित्सालयको काम अन्तिम चरणमा पुगे पनि संघीय सरकारले भवन हस्तान्तरण गर्न सकेको छैन । मन्त्री द्वय खड्का र साउदले ठेकेदारको लापरबाही कारण जनता सेवा बाट बन्चित हुन नदिन अस्पताल निरीक्षणमा आएको बताउनु भयो । यस्तै सेती मन्त्री खड्काले प्रादेशिक अस्पतालको पटकपटक अनुगमन गर्न आउदा काम धेरै अघि बड्न नसकेको भन्दै ठेकेदार लाई ताकेता गर्न निर्देशन दिने बताए ।
तपाईको प्रतिक्रिया