खस बन्धुहरुको जानकारीका लागि आज म एउटा सनातन मष्टो धर्म सस्कृती को एउटा प्राचीन थान र माण्डौ को महत्त्व र सत्यता बारे एउटा सत्य घाटनाको बारेमा जानकारीगराउदै छु मार्मा गाउपालिकाको वार्ड नम्बर १ मा पर्ने ताकु गाउमा खेती कृषानी गर्ने क्रममा हलो जोत्दा बोहरा थरीका एकजना किसानले एउटा भवानीको सिला फेला पारेछन । गाउका बुधापाखा बसेर यो सिला साचो हो कि होइन नक्कली भनी सत्याउन सिला फेला पार्ने बोहराले जोत्ने हलोको किमो भन्ने काठको जुवा शिला नेरै यो सिला सत्य साचो भए यो सुकेको काठको जुवा उम्रीजावस भनेर गाडेर छोडेछन । नभन्दै केहि समय पछि सो किमोको जुवा उम्रीएर किमिको रुख भएछ ।

जुन यो फोटोमा उक्त रुखको एउटा सुकेको ठुटो देखिन्छ र अर्को बूढो हागो अझै जिबित छ । त्यसपछि त्यो भवानीको सिलालाइ एउटा थान बनाएर सुरक्षीत राखेर पुज्न थाले छन र जो अहिलेसम्म निरन्तर छ । त्यसै गरि क्रमशः उक्त ताकु गाउका विभिन्न स्थानहरुमा भवानी कै बान तीखो बान, कुलदेवता (जगत्नाथ), लटिनाथ, कैलपाल, डाडाबाग, सुरमा भवानी, खलगडाकी भवानी, पसरौल, अफरडाडाकी भवानी समेतका थानहरु करिब ३ रोपनी क्षेत्रफल जमिन लाइ माण्डौको जग्गा छुट्याएर राखेको छ । दाजु र बहिनी नजिकै नराख्ने उदेश्यले हो वा के कारणले हो मष्टो देवताको थान भने २/३ किलोमीटर माथी शिद्द्कोटमा डाडामा रहेको छ । बिगत लामो समय देखि त्यो कोटमा रहेको मष्टो देवता भने अचल छ । हाल सम्म स्थानिय मणाल कसैमा चलेको/ कामेको छैन ।

यस बारे मलाइ सोही ताकुगाउका हाल पर्वको बेला माणौमा जगाराम बसिरहेका ७५ बर्षिय बृद्ध जय सिंह महर ज्यु र अर्का युवा ४० बर्ष का जयसिंह महरा ( शृङ्गार) ले जानकारी गराउनु भएको हो ।हाल सम्म यातायात को कुनैपनी साधनले छुन नसकेको उक्त स्थानको पौराणिक पुरातात्त्विक अध्यायन गरिने हो भने मष्टो धर्म सँकृति बारे धेरै तत्यहरुको उजागर हुनसक्छ । दार्चुला जिल्लाका तत्कालीन खार, इयतकोट, धुलिगडा, सिप्टी, शेरी, लटिनाथ, तपोबन,घोल्जर, सितोला, घुसा र खण्डेस्वरी गाबिस हरुमा बस्ने सम्पुर्ण खस र दलितहरुको पबित्र देव भुमी रहदै आएको छ । यी गाबिस हरु भनेका ८२% खस १३% दलित ४% ब्राह्मण र १% जनजाती सौकाहरुको बसोबास भएका गाबिस हरु हुन । हाल आएर नौगाड, मार्मा र अपिहिमाल गरि ३ वटा गापा मा राखिएको छ ।

त्यहा स्थित माण्डौ र थानहरुमा रहेका देउता र भवानी हरुको मणालहरुले स्या, सप्ता गर्दा ब्राह्मण को आवस्यकता पर्दैन तर ठूलो ठूलो पुजा पाठ भनेको कथा लगाउन, सप्ताहा, नवाहा, रुद्री आदि लगाउदा भने ब्राह्मण को आवस्यकता पर्ने कुरा समेत बयोबृध महरले बताए। यहानेर एउटा नौलो परम्परा रहेकोछ प्राचीन कालमा नै भवानी चलेर खस र दलितहरुलाई छुवाछुतको भेदभावबाट मुक्त राख्न दलितहरु लाई भवानीका तेलिया घोषणा गरि पुजापाठ र ज्युनाल पिठए (अक्षता) मा कुनै भेदभाव गर्न नपाइने चलन छ । तेलिया भनेको तेल मा मुछिएका अक्षता सबैले सँगै लगाउनु पर्ने र प्रशादी को रुपमा तेलमा पकाएको पुरी सबैलाई संगै चलाउने परम्परा रही आएको छ

तपाईको प्रतिक्रिया