काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) ले सांसद पद र पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि सरिता गिरिले नयाँ सामाजिक संस्था गठन गरेकी छन्। गिरिले विज्ञप्ति जारी गर्दै तराईका जिल्लामा मधेश विकास फोरम गठन भएको बताईन्।
सो संस्थाको संयोजकमा सरिता गिरी छन भने लाहान नगरपालिका ४ मा स्थानीय रामप्रसाद महतोको अध्यक्षतामा मधेश विकास फोरम गठन भएको उल्लेख गरिएको छ। त्यस्तै लाहानको सबै वडा र सिरहा जिल्लाभर छिटै संगठन विस्तार गर्ने बताइएको छ।
मधेश विकास फोरमले स्थानीय तहमा वातावरणको संरक्षण गर्दै सहभागिता मूलक जनमुखी विकास, विधिको शासन र मानव सुरक्षाको सुनिश्चितताको लागि काम गर्ने गरी गठन भएको भनिएको छ।
तपाईको प्रतिक्रिया