दार्चुला । लगातार परेको भारी वर्षाका कारण मालिकार्जुन गाउँपालिकाको वडा नं ८ शंकरपुर वस्तीमा पहिरो गएको छ । घरमाथि खस्दा पहिरोमा परेका २ जनाको उद्धार गरिएको छ भने २ जना बेपत्ता रहेका छन् ।
मंगलबार विहान ३ बजेतिर घर माथिबाट पहिरो खसेको थियो । एक जना घर भित्र सुरक्षित रहेको र उद्धार कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक एबं सुचना अधिकारी सुरेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयो ।
३५ बर्षिय लक्ष्मी ढोली उनका ९ बर्षिय छोरा शुबम् परियारको जिवितै उद्धार गरिएको छ । परियारलाई सामान्य चोटपटक लागेको प्रहरीले जनाएको छ ।
घटनामा ढोलीकी छोरी सोनिया घर भित्रै अड्कीएको र उद्धारकार्य भइरहेको बताइएको छ । अरु २ जना अरुण दर्जी र मिलन दर्जीको अवस्था अज्ञात रहेको प्रहरी निरीक्षक जोशीको भनाई छ ।
उनिहरु लक्ष्मी ढोलीका भाईहरु भएकाले दिदिको घर भेट्न आएको बुझिएको छ । उद्धारको कार्य भइरहेकोले क्षतीको बिबरण आउन बाकि रहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया