कोहलपुर । ईलाका प्रहरी कार्यालय कोहलपुरले यौन धन्दामा संग्लन केहीलाई पक्राउ गरेको छ । कोहलपुरको बसपार्क क्षेत्रमा यौन धन्दा बढिरहेको सूचनाको आधारमा पुगेको प्रहरी टोलीले यौन धन्दाको लागि पुरुषहरु खोज्ने एक जना साहुनी, एक पुरुष, दुई युवती र एक होटल मालिकलाई नियन्त्रणमा लिएको हो ।
कोहलपुर प्रहरीका अनुसार बसपार्क पछाडी रहेको हरियाली मार्गमा नाम नरहेको एक खाजा पसल सञ्चालन गर्ने साहुनीले पुरुष ग्राहक खोजेर नजिकै रहेको टिकटक होटलमा यौन धन्दाको लागि पठाएकी थिइन् ।दिउँसोदेखि नै निगरानीमा राखेको प्रहरीले होटलबाट युवती र उक्त साहुनीले खोजेका पुरुष ग्राहकलाई नियन्त्रणमा लिएको थियो ।
उक्त पुरुषले साहुनीले युवतीहरु मिलाइदिएको बताएपछि खाजाघरमा पुगेर प्रहरीले साहुनीलाई समेत नियन्त्रणमा लिएको हो । अहिले पक्राउ परेका सबैलाई ईलाका प्रहरी कार्यालय कोहलपुरमा राखिएको छ । आफ्नो क्षेत्रमा यौन धन्दा भइरहेको पाइए प्रहरीलाई सूचना दिन ईलाका प्रहरी कार्यालय कोहलपुरले सबैलाई आग्रह गरेको छ ।
तपाईको प्रतिक्रिया