ललितपुर । खुमलटार र धापाखेलबाट कर्मानासा खोला तर्फको क्षेत्र डुबानमा परेको छ । अग्लो स्थानमा परेको पानी बगेर धापाखेलको फेदी सुमेरु अस्पताल आसपासदेखि कृषि अनुसन्धान केन्द्र सम्मको क्षेत्र डुबानमा परेको स्थानीय दिपेन्द्र सिम्खडाले जानकारी दिनुभएको छ । त्यस क्षेत्रमा घरबाट बाहिर निस्कन समेत नसक्ने अवस्था भएको र भुई तल्लासम्म डुबानमा पर्ने अवस्था भएको सिम्खडाले बताउनुभयो ।
नेकपा अध्यक्ष प्रचण्ड निवासदेखिको ढल र भेलको पानीले यो क्षेत्र जलमग्न भएको तर स्थानीय सरकार, प्रदेश र संघीय सरकार बेवास्ता गरिरहेको स्थानीयले जनाएका छन् ।
काठमाडौं उपत्यकाका बागमती, मनोहरा, हनुमन्ते, धोवीखोला, नख्खु लगायतका साना ठूला नदीहरुमा जलसतह बढ्दो क्रममा रहेकोले सचेत रहन उपत्यकावासीलाई आग्रह गरिएको छ ।
जल तथा मौसम विज्ञान विभाग बाढी सूचना केन्द्रले पछिल्लो ६ घण्टामा निरन्तर जल सतहमा बृद्धि आएको र उपत्यकाका अधिकांश भाग डुवान प्रभावित भएकाले सचेत रहन आग्रह गरी सूचना प्रकाशित गरिएको छ ।- खबरचक्र
तस्विर सौजन्य दिपेन्द्र सिम्खडाको फेसबुक



तपाईको प्रतिक्रिया