काठमाडौं । सरकारले भदौ १ गतेदेखि विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गरेर शैक्षिक कार्यक्रम अघि बढाउन दिने साथै आन्तरिक तथा अन्तरराष्ट्रिय उडान खुल्ला गर्ने निर्णय गरेको हो।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री युवराज खतिवडाले सो कुरा जनाएका हुन् ।
यस्तै साउन १५ देखि होटल, रेस्टुरेन्ट खोल्न दिइने समेत जनाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तोकेको मापदण्डअनुसार साउन १५ गतेदेखि होटल, रेस्टुरेन्ट सेवा सञ्चालन गर्न दिइने भएको छ । मन्त्रिपरिषद् बैठकले होटल, रेस्टुरेन्ट खुला गर्ने तर सामूहिक भोज, पार्टी, सेमिनार गर्न नपाइने निर्णय गरेको प्रवक्ता खतिवडाले जानकारी दिए ।
यस्तै छोटो, मध्यम र लामो दुरीका तथा र अन्तर जिल्ला सञ्चालन हुने निजी तथा सार्वजनिक यात्रुवाहक सवारी साधनहरू चलाउन पाइने जनाइएको छ ।
तपाईको प्रतिक्रिया