जनक साउद,बैतडी । जिल्ला अदालत बैतडीद्धारा गत आर्थिक बर्षमा ५२.०५ प्रतिशत मुद्धा फ्रच्यौट जनक साउद,बैतडी । अदालत बैतडीले गत आर्थिक बर्ष २०७६÷०७७ मा ५२.०५ प्रतिशत मुद्धा फ्रच्यौट गरको छ । बर्ष भरिका परेका १ सय ४६ थान मुद्धामध्ये ७६ थान मुद्धा फ्रच्यौट गरेको जिल्ला अदालत बैतडीका श्रेस्तेदार जनक सिह बोहराले बताए ।
यस्तै ७० थान मुद्धा फ्रच्यौट गर्न बाकी रहेकोले जिम्मेबारी सरेको उनले बताए । गत आर्थिक बर्ष २०७६÷०७७ मा १ सय ४ थान नया मुद्धा दर्ता भएका छन ४२ थान जिम्मेबारी सरेर आएका मुद्धा रहेका छन । दुनियाबादी देवानीतर्फ ४२ थान मुद्धा परेकोमा २२ थान फ्रच्यौट भएका छन भने २० थानको जिम्मेबारी सरेको छ । यस्तै सरकारबादी फौजदारीतर्फ ६३ थान मुद्धा दर्ता भएकोमा ३१ थान फ्रच्यौट भएकोमा ३१ थानको जिम्मेबारी सरेको छ ।
दुनियाबादी फौजदारी तर्फ ३५ थान मुद्धा दर्ता भएकोमा १८ थान फ्रच्यौट भएका छन भने १७ थानको जिम्मेबारी सरेको छ । पुनराबेदन तर्फ जम्मा ५ थान मुद्धा परेकोमा ४ थान फ्रच्यौट भएको र १ थानको जिम्मेबारी सरेको जिल्ला अदालत बैतडीका श्रेस्तेदार बोहराले बताए । यस्तै बन्दीप्रतक्षीकरण तर्फ एउटा पनी मुद्धा परेको छैन । निशेधज्ञा तर्फ १ थान मुद्धा परेको फ्रच्यौट भईसकेको छ । आर्थिक बर्ष २०७५÷०७६मा ७१.४२ प्रतिशत मुद्धा फ्रच्यौट भएका थिए । जम्मा १ सय ४७ थान मुद्धा परेकोमा १०५ थान मुद्धा आर्थिक बर्ष २०७५÷०७६मा फ्रच्यौट भएका थिए ।
तपाईको प्रतिक्रिया